ला लिगामा उपविजेता बनेपनि मेस्सीले जिते किर्तिमानी सातौं पीचीची अवार्ड
काठमाडाैँ । स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाले आलाभेसविरुद्ध ५ गोल गरेको छ।
आइतबार रातिको खेलमा बार्साले आलाभेसको घरेलु मैदानमा ५–० को जित निकालेको हो। ला लिगामा दोस्रो स्थानमा रहँदै बार्साले यस सिजनको अन्त्य गरेको हो। यस सिजनको उपाधि बार्साको चिर प्रतिद्वन्दी रियल मड्रिडले जितिसकेको छ।
लिग समाप्त भइसक्दा ३८ खेलबाट मड्रिडले ८७ अंक बटुल्दा बार्साले समान खेलबाट ८२ अंक जोड्यो। आइतबार राति नै भएको अन्तिम खेलमा लिग विजेता मड्रिडले लेगनाससँग २–२ को बराबरी खेलेको थियो।
आलाभेसविरुद्ध बार्साको जितमा मेस्सीले २ गोल गर्दा लुइस स्वारेज, आन्सु फाती र नेल्सन सिमिडोले समान एक–एक गोल गरे। यस सिजन ला लिगाको उपविजेतामा सीमित बनेका मेस्सीले किर्तिमानी भने बनाउन सफल भए।
मेस्सी यस सिजन पनि ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै किर्तिमानी सातौं पीचीची अवार्ड प्राप्त गर्न सफल भएका हुन्। मेस्सीले यस सिजन २५ गोल गर्दा रियल मड्रिडका करिम बेन्जेमा २१ गोलमै सीमित बनेका हुन्।
मेस्सीले सन् २०१६ को सिजन यता लगातार चारपटक यस अवार्ड प्राप्त गरेका छन्। त्यसअघि सन् २००९, २०११ र २०१२ मा उनले यस अवार्ड पाएका थिए।
सात पटक स्पेनिस ला लिगाको गोल्ड बुट ‘पीचीची अवार्ड’ प्राप्त गर्ने मेस्सी एक्ला खेलाडी हुन्। स्पेनका खेलाडी तेल्मो जाराले पीचीची अवार्ड ६ पटक जितेका थिए।
यसपटक मेस्सी युरोपियन गोल्डेन बुटमा भने कमजोर सावित भए। यस सिजन ३४ गोल गरेका बार्यन म्युनिखका रोवर्ट लेवानडोस्कीले युरोपियन गोल्डेन बुट जित्ने निश्चित भइसकेको छ।
रोनाल्डोले यस सिजन युभेन्ट्सबाट २८ गोल गरेका थिए।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












