खेलाडीको पीसीआर जाँच्न स्वास्थ्य मन्त्रालयमा क्यानको प्रस्ताव
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको छ ।
प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
उनले पीसीआर परीक्षणका लागि मन्त्रालयमा बुधबार प्रस्ताव गरेको बताए । तर, कुन दिन परीक्षण गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नआएको क्यान सचिव प्याकुरेलले जानकारी दिए ।
“सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने भनेको छ । हामी अहिले त्यसैको तयारीमा छौ,” क्यानका सचिव प्याकुरेलले भने, “यस्तो महामारीको समयमा खेलाडी कोही कतै, कोही कतै पुगेका छन् । त्यसैले पनि उनीहरूको पीसीआर परीक्षण आवश्यक भएको हो । हामीले खेलाडीको पीसीआर परिक्षणपछि मात्रै प्रशिक्षण सुरु गर्ने निर्णय गरेका छौ ।”
उनले परीक्षणपछि नतिजा नेगेटिभ आए खेलाडीले क्वारेन्टिनमा बस्न नपर्ने बताए । त्यसका लागि पहिले नै पीसीआर परीक्षणको पहल गरेको उनको भनाइ छ । क्यान सचिव प्याकुरेलले उपत्यकाबाहिर रहेका प्रायः खेलाडी आइसकेको जानकारी दिए । “प्रायः खेलाडी उपत्यका भित्रिइसक्नुभएको छ । आउन बाँकी दुई–चारजना मात्र हुनुहुन्छ । उहाँहरू पनि सबै विषयको व्यवस्था भएपछि काठमाडौं आइपुग्नुहुन्छ” उनले भने ।
खेलाडीको प्रशिक्षण सुरु गर्न एक साता पहिले पीसीआर परीक्षणका लागि सबैलाई डाक्ने तयारी भएको उनले बताए । हाल होटेलको व्यवस्थापन गर्न नसकेका कारण सबै खेलाडीलाई अगाडि नै बोलाउन नसकेको बताए ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न सक्ने सम्भावना बढेको छ । उक्त सिरिज सेप्टेम्बरमा आयोजनाका लागि नामिबियाले नेपाललाई प्रस्ताव गरेको जनाइएको छ । त्यसका लागि पनि क्यानले अध्ययन गरिरहेको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












