‘५ मिनेटमै बगर बन्यो सैनीबजार, सुतेकाहरु भेटिएनन् बिहान’
काठमाडौं । अछामको रामारोशन गाउँपालिका ५ स्थित सैनीबजारमा मंगलबार दिनभर सामान्य अवस्थामै थियो ।
सैनीबजारमा चलहपहल पनि सामान्यै थियो । सानो बजार सानै जनसंख्या । बजारमा कसैको पसल थियो त कसैको घर । पसल र घर सँगै हुनेहरु पनि थिए । साँझ ७ बजेबाट पानी पर्न थाल्यो । सैनीबजारको माथिल्लो भेकमा रहेको लेकतर्फ भारी वर्षा हुन थाल्यो र तर त्यही पानीले एकाएक बजार ध्वस्त पार्ला भन्ने कल्पना कसैले गरेका थिएनन् ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद भन्छन्, “पानी पर्दै गएपछि माथिल्लो भेकमा रहेका तालहरुबाट पनि पानी कैलाश खोलामा आइपुग्यो । कैलाश खोलाले ढुंगा, रुख र पहिरो सँगै बगाउन थाल्यो । एकाएक सुनामीजस्तै देखिन थाल्यो ।”
त्यसले रातको १२ बजे सैनीबजार बगायो । खाना खाएर सुतेकाहरु पनि त्यही भेलमा बगे । उनले भने, “कसैलाई बचाउन सकिएन । ५ मिनेटमै सबै सकियो । सुतेकाहरु ऐयासमेत भन्न पाएनन् । राति सुतेकाहरु बिहान भेटिएनन् । ४-५ सय पशुचौपाया बगेका छन् । बजार केही बाँकी रहेन । सबै मरभूमिजस्तै भइदियो ।”
बाढीले १७ जना बेपत्ता भएका छन् । जसमध्ये ६ जनाको शव फेला परेको छ भने अन्यको खोजी जारी छ । नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीयले बेपत्ताको खोजी तथा उद्धार जारी राखेका छन् । सैनिबजार ०६२/६३ मा स्थापना भएको थियो । बेपत्ता हुनेमा बालबालिका बढी छन् । बाढीले हजारौं हेक्टरमा पनि क्षति पुगेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...












