सीपीएल : सन्दीप र रसेलको उत्कृष्ट प्रदर्शन, टोलीको लज्जास्पद हार
एजेन्सि । क्यारेबिन प्रिमियर लिग(सीपीएल) मा यस सिजनको टोलीको तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेका छन् । तर उनको टोली जमैका ताल्लवाशले नराम्रो हार व्यहोरेको छ।
आइतबार बिहान भएको खेलमा जमैकाले गुयना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो ।
ब्रायन लारा मैदानमा टस जितेर पहिले बलिङ रोजेको जमैकाले गुयना अमेजनलाई ११८ रनमा मात्रै सीमित गर्न सफल भएको थियो । १९.१ ओभरमा सबै विकेट लिएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएका जमैकाका ब्याट्सम्यानले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सके । टोली १४ रनले पराजित हुन पुग्यो ।
सन्दीपले पूरा ४ ओभर बलिङ गर्दा जम्मा ८ रन मात्रै दिएर २ विकेट लिन सफल भए । सुरुमा आक्रामक ब्याटिङ गरेका गुयना अमेजनका ओपनरले ५ ओभरमै ५५ रन बनाएका थिए । छैटौं ओभरमा अफगान्स्तिानका युवा बलर मुजिब रहमानले २ विकेट लिएपछि अमेजनको ब्याटिङ सुस्त भएको थियो । ७औं ओभरमा आन्द्रे रसेल र ८औं ओभरमा मुजीवले थप एक विकेट लिए ।
९औं ओभरमा सन्दीप बलिङमा आए उनले २ रन मात्रै दिए । त्यसपछि ११ ओभरमा १ विकेट लिँदै जम्मा १ रन लिए । १३औं ओभरमा ३ रन दिए । १५औं ओभरमा १ विकेट लिँदै एक वाइडसहित २ रन दिए । सन्दीपको ओभर सकिँदा विपक्षी टोलीले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो ।
झिनो लक्ष्य पछ्याएको जमैकाले पहिलो बलदेखि नै विकेट गुमाउन पुग्दा दवावमा पर्यो । सुरुवातमा निरन्तर विकेट गुमाएपछि १२.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको अवस्थामा क्रिजमा आएका आन्द्रे रसेलले ३७ बलमा ५२ रन बनाएर नटआउन रहन सफल भएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन । ८औं नम्बरमा ब्याटिङमा आएका सन्दीप ३ बलको सामना गर्दा कुनै रन नबनाइ आउट भए ।
पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्ला २ खेलमा हार व्यहोरेको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












