क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ ।
अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो ।
यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको लागि पनि सूचना सार्वजनिक गरेको छ । यसबाहेक ७ प्रदेशमा स्थानियक प्रशिक्षक नियुक्त गर्नका लागि पनि क्यानले सूचनामार्फत आवदेन मागेको छ ।
मुख्य प्रशिक्षकका लागि इसीबी र सिए लेभल ३ क्रिकेट कोचिङ क्वालिफिकेसन भएको हुनुपर्छ। साथै आइसीसीको फुल मेम्बर फस्ट क्लास टिम एसोसिएट मेम्बरमा कम्तीमा ३ वर्ष प्रशिक्षण गरेको हुनुपर्छ ।
हरेक पदका लागि इच्छुक व्यक्तिहरुले यही सेप्टेम्बर २३ सम्म आफ्नो बायोडाटासहित उक्त पदका लागि आफू इच्छुक भएको पत्रसहित क्यानमा निवेदन पठाउन सक्नेछन् ।
साउन पहिलो साता बसेको क्यानको कार्यसम्पादन बैठकले विभिन्न पदका लागि आइसीसीसँग समन्वय गर्दै हक हप्तामै सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । तर पछि आइसीसीसँगको सल्लाहपछि क्यानले सूचना सार्वजनिक गर्न ढिलाइ गरेको हो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












