मेसीले भने: बार्सिलोनामै रहन्छु, क्लब विरुद्ध जान सक्दिन
एजेन्सी । दश दिनको अनिश्चितता पछि बार्सिलोनाका कप्तान र सर्वाधिक गोलकर्ता अर्जेन्टाईन सुपरस्टार लियोनल मेसीको बहिरगमन नहुने भएको छ ।
शुक्रबार साँझ एक भावुक भिडियो सन्देश प्रवाह गर्दै मेसीले आफु कुनैपनि दिन बार्सिलोना क्लब विरुद्ध जान नसक्ने बताउका छन् । क्लबको अवस्थाप्रति दिक्क मान्दै गत मंगलबार उनले बार्सिलोना छोड्न चाहेको कुरा फ्याक्स मार्फत जानकारी बार्सा बोर्डलाई जानकारी गराएका थिए । फ्रि रिजिलको क्लज अनुसार उनले बाहिरिन चाहेको कुरा गरेपनि बार्सिलोना र स्पेनिस फुटबलको आधिकारीक निकाय ला लिगाले भने मेसी भित्र्याउन चाहनेले ७ सय मिलियन युरो तिर्नुपर्ने बताएका थिए ।
आफुलाई फ्रि रिलिज क्लज अनुसार बहिरगमन हुन्छ भन्ने पक्का भएको उनले उल्लेख गरेका छन् । क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छोड्न सक्ने बताएकोले आफूले सोही कुरालाई विश्वास गरेर छोड्न चाहेको उनले बताएका छन् । तर क्लबले अडान लिएर मेसीका विरुद्ध कदम चाल्न थालेपनि उनि पछि हटेका हुन् । आफ्नो घरजस्तै बार्सिलोना र करिअरको २० वर्ष विताएको क्लब विरुद्ध जान नसक्ने उनले बताएका छन् ।
गाेल डटकमसँग कुरा गर्दै मेसीले केही दिन भित्रै क्लबकाे प्रशिक्षणमा फर्कने बताएका छन् । आफ्नो प्यारो क्लबलाई अदालतमा उम्यान नसक्ने बताउदै मेसीले पूर्व निर्धारित सम्झौता अनुसार आफु बार्सामै बस्न तयार भएको बताएका हुन् । क्लब छोड्ने निर्णय आफूले आफ्ना छोरा र श्रीमतीलाई सुनाएपछि परिवारका सवै सदस्य रोएको बताउदै मेसीले छोराहरुले बार्सिलोना र पढिरहेको स्कुल छोड्न नचाहेको बताएका थिए । पछिल्लो चरणमा क्लबले प्रतिस्पर्धात्मक क्षमतानै गुमाउदै गएको र यसबारे पटक पटक कुरा गर्दा पनि सुनुवाई नभएपछि मेसी निराश बनेर क्लब छोडेर नयाँ चुनौती लिन चाहेका थिए ।
१० जुन भित्र क्लब छोड्न सक्ने सम्झौता भएपनि कोरोना भईरसका कारण ढिलागरि शुरु भएको ला लिगाको खेल चलिरहेका बेला क्लब छोड्ने कुरा हुन नसक्ने उनले बताए । अध्यक्ष बार्तोमेउले सिजनको अन्त्यमा मेसीले चाहेमा क्लब छोड्न सक्ने कुरा बताएको र कोरोनाको कहरका कारण सिजनको अन्त्यनै ढिलो गरि भएकाले सोही अनुसार आफुले जानकारी गराएको उनको भनाई छ ।
सम्झौता अनुसार जुन १० भित्र फ्रि रिलिज क्लज लागूहुने भएपनि त्यती बेला धमाधम ला लिगाका खेलहरु भईरहेकाले आफूले सो कुरा सोच्नै नसकेको उनले बताए । ७ सय मिलिययन युरा कसैले तिर्न नसक्ने, क्लबले फ्रि रिलज गर्ने आफू मुद्धा लिएर क्लब विरुद्ध अदालत जान तयार नभएकाले क्लबमा रहने निर्णय लिएको उनले बताएका छन् । मेसीको बहिरगमनको विषयलाई लिएर विगत १० दिन चलेको यो अनिश्चियको अवस्थाको अन्त्य उनको यो बक्तव्यसँगै भएको छ । स्पेनिस अनलाईन मार्साले मेसी कम्तीमा अब १ सिजन बार्सामै रहने उल्लेख गरेको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












