ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
काठमाडौँ । कञ्चनपुरमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको छ ।
दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनिवार राती ड्युटी गरिरहेको बेला बेहोस भएका थिए ।
बेहोस भएपछि उपचारका लागि धनगढी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।
मृतक जवान डडेल्धुराको अजयमेरु गाउँपालिकाका हुन् । बेहोस भएपछि उनलाई तत्काल कञ्चनपुरस्थित स्थानीय हेल्थपोष्टमा उपचार गरिएको थियो ।
थप उपचारका लागि उनलाई धनगढी लगिएको थियो । प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा उनले ११–७९ औं समूहको तालिम सफलतापूर्वक हाँसिल गरेका थिए ।
Comments
अरु समाचार
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...












