कोहलपुरमा ४२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु
काठमाडाैँ । बाँकेको कोहलपुरमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान ९ : २० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उनको मृत्यु भएको हो।
मृतक व्यक्ति पेशाले टिपर चालक थिए।
उनी साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना भएका थिए।
उनको स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंका लागेर भदौ ४ गते स्वाब संकलन भएको र भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
त्यसपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेपछि भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार भएको थियो।
त्यहाँ केही सुधार भएपछि भदौ ११ गते बिहान भीम अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरेको श्रेष्ठले जानकारी दिए।
बिरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको श्रेष्ठले बताए।
योसँगै बाँकेमा उपचारका लागि ल्याइएकामध्ये मंगलबारसम्म तीन जना बाहिरी जिल्लाका संक्रमितको मृत्यु भएको छ।
फोकल पर्सन श्रेष्ठका अनुसार यसअघि अछाम जिल्लाका एक र कैलालीका अर्का एक कोरोना संक्रमित व्यक्तिको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ।
योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












