उपत्यकाको निषेधाज्ञा खुकुलो : के गर्न पाइन्छ, के गर्न पाइदैन ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूले भदौ ३ गतेबाट उपत्यकामा जारी गरेको निषेधाज्ञा खुकुलो भएको छ।
भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्दै प्रशासन कार्यलायहरुले केही सेवा क्षेत्र सञ्चालन गर्न दिने निर्णय गरेका हुन्। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातहरू जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै एक सिटमा एक जना र कुल क्षमताको ५० प्रतिशत यात्रु ओसार्न पाउने गरी यातायात खुला गरिएको हो।
भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवार भित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर सञ्चालन गर्न सकिने छ। चालक र सह–चालकले अनिवार्य पञ्जा लगाउनुपर्ने, सवारी साधनाको ढोकामै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारी दैनिक निसंक्रमित गरेर मात्रै सञ्चालन गर्नुपर्ने छ। मालबाहक ढुवानीका सवारी साधन सञ्चालनमा जोरबिजोर लागु नहुने र अत्यावश्यक वस्तु सेवाका पसल व्यवसायहरु जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउने पाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। यसैगरी खाद्यवस्तु, दुध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा-मासु विक्री वितरण गर्ने पसलहरु बिहान ११ सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ।
विकास निर्माणसँग सम्बन्धित सामग्री विधि वितरण गर्ने पसल र ढुवानीका सवारी दिउँसो २ बजेटदेखि ७ बजेसम्म खोल्न सक्ने निर्णय प्रशासनले गरेको छ। अनलाइन डेलिभरी सेवा र टेक अवे सेवा दिउँसो १२ बजेपछि मात्रै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने भएको छ। यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वास्थ्य मापदण्ड पुरा गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ। भाँडा र भान्साजन्य त्यही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने तथा फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ।
फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्ट स्टोरहरू भने बिहान ११ बजेबाट र बेलुकी ४ बजेटदेखि ७ बजेसम्म खोल्न सकिने निर्णय प्रशासनले गरेको छ। सवारी मर्मतसम्बन्धी वर्कशप बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसैगरी उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य उद्योग परिसरमै गर्नुपर्ने, आवश्यक पर्ने पीपीई सेट लगायतका स्वास्थय सामग्री सम्बन्धित उद्योग कलकारखानाबाट प्रबन्ध गर्नुपर्ने तथा शिक्षा मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्ष सञ्चालन गर्न पाउने निर्णय पनि प्रशासनले गरेको छ। विदेश जानेहरूको हकमा आवतजावत सहजीकरण गर्दै स्वाव परीक्षण गराउने व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु समेत स्वाव परीक्षण गराउने व्यक्तिको रिपोर्ट नआउँदासम्म होम क्वारेन्टिनमा बस्नुपर्नेछ। स्वास्थ्य मन्त्रालयको मापदण्डविपरीत हिँडडुल गर्नेहरूमाथि संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने जनाउँदै प्रशासनले त्यसको अनुगमन स्थानीय तहका सम्बन्धित वडाहरूले गर्नुपर्ने बताएको छ।
के गर्न मिल्दैन?
निषेधाज्ञा केही खुकुलो भए पनि खुल्ला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने भएको छ। यस्तै जात्रा, महोत्सव, भोजभतेर गर्न नपाइने, मठ, मन्दिर, मस्जिद, चर्च लगायत धार्मिकस्थलहरुमा दैनिक नित्य पूजा बोहकका गतिविधि सञ्चालन गर्न नपाउने दाहालले बताए। चाडपर्व लगायतका धार्मिक, सांस्कृति तथा सामाजिक कार्यका लागि भेला हुन नपाइने, शैक्षिक संस्था संचालन गर्न नपाउने निर्णय पनि प्रशासनले गरेको छ।
यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्युटीपार्लटर, स्पा, स्वीमिङ पुल, जिमखाना समुहमा खेलिने खेलकुद र खेल प्रस्तुति प्रदर्शनी, पुस्तकालय सङ्ग्रहालय र चिडियाखाना पनि सञ्चालन गर्न नपाइने भएको छ। उद्योग, व्यापार, व्यवसाय निर्माण कार्य आदिका लागि स्वास्थ्य सुरक्षाका मापदण्डविपरीत श्रमिक कामदारको ओसारपसार गर्ने कार्य गर्न नपाउने प्रजिअ दाहालले जानकारी दिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












