राखेपले माग्यो क्यानसँग स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणको विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टीकरण सोधेको छ ।
राखेपले बिहीबार क्यानलाई क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारणबारे स्पष्टीकरण सोधेको हो । राखेपले क्यानलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन समेत निर्देशन दिएको छ ।
क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि राखेपले वर्गीकरणको निर्णयलाई लिएर स्पष्टीकरण सोधेको हो ।
राखेपले क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
‘क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ,’ राखेपको विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’
यस्तै राखेपले खेलाडीहरुको वर्गीकरण गर्ने निर्णयको भने स्वागत गरेको छ ।
‘नेपाल क्रिकेट संघ (क्यान) को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यमबाट अवगत भयो। क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वागत गर्दछ’, राखेपको विज्ञप्तिमा भनिएको छ ।
गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो ।
क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो ।
तर, संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो ।
विरोध भएपछि क्यानले खेलाडी वर्गीकरण परिमार्जन गर्ने बताएको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












