प्रदेश ५ राजधानी विवादः नेकपा संसदीय दलको बैठक बस्न सकेन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलको बैठक अझै बस्न सकेको छैन ।
बिहान ७ बजेका लागि बैठक बोलाएको भएपनि सबै सांसदहरु उपस्थित नभएपछि बैठक सुरु हुन नसकेको नेकपा प्रदेश ५ प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।
आजै सर्वदलीय बैठक समेत बस्ने तय गरिएको छ । १७ असोजमा मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुले आज तय भएको बैठकमा आफ्ना धारणाा राख्ने बताईएको छ ।
प्रदेश सभाको बैठक भने १२ बजेका लागि बोलाईएको छ । प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धि पेश भएको प्रस्तावमा आजबाट छलफल हुनेछ ।
छलफलमा उठेका बिषय माथि आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जवाफ दिनेछन् । सो प्रस्ताव भोलि पास गर्ने तयारीमा सत्तारूढ दल नेकपाको तयारी छ ।
यता प्रदेशको स्थायी राजधानी को प्रस्तावविरुद्ध आन्दोलन सुरु गरेका नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्थाले संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ । अहिले प्रदेशसभा सचिवालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Comments
अरु समाचार
-
मह बेचेर एक याममा १२ लाख आर्जन
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...