लुम्बिनी प्रदेश लेखा समिति सभापति चौधरीलाई कोरोना
काठमाडाैँ । लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ।
निमिनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।
आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि भेरी अस्पतालमा भर्ना भएका थिए।
त्यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
चौधरीका चालक र सुरक्षाकर्मीलाई भने कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ।
हाल उनीहरू होम आइसोलेनमा बसेका छन् ।
Comments
अरु समाचार
-
मह बेचेर एक याममा १२ लाख आर्जन
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...