अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले राजधानीसँग भने ।
कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण पुिष्ट भएपछि स्थगित गरिसकेको छ । अर्को बैठक कहिले बस्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन ।
‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ, अनौपचारिक छलफलमा जेठ अन्तिम वा असार पहिलो साता गर्ने भन्नेमा सभापतिको संकेत आएको छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।
भदौभित्र आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ
कांग्रेसले केन्द्रबाहेकका तल्ला तहका अधिवेशनको मिति कार्यतालिका प्रभावित भएपछि यसअघि नै दुई पटक सारेको थियो । यस पटक समेत केन्द्रीय समिति बैठकबाट कांग्रेसले केन्द्रीय महाधिवेशनसहित सबै अधिवेशन सार्ने तयारी गरेको थियो ।
अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लो पटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने तयारी कांग्रेसको छ ।
तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्याद समेत सकिने भन्दै अन्तिममा गर्नु भन्दा बैशाख वा जेठमा नै महाधिवेशन गर्ने गरी अघि बढ्न सभापति देउवालाई सुझाउँदै आइरहेका छन् ।
२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पनि पछिल्लो पटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचनाको समायोजनको काम कांग्रेसले अझै सकेको छैन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सप्तरी, सिराहा, बारा र सिन्धुपाल्चोक गरी अझै चार जिल्लामा समायोजनको काम बाँकी रहेको जानकारी दिए । यीमध्ये केही जिल्लामा केही वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको छ ।
यसैगरी, क्रियाशील सदस्यता वितरण र नवीकरणको मिति समेत प्रभावित भइसकेको छ । कांग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । कांग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । यो मिति समेत प्रभावित भइसकेको छ ।
भदौभित्र आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ । जबकि उजुरी गर्ने समय पनि क्रियाशील सदस्यता वितरण नहुँदै सकिन लागेको छ ।
यसैगरी, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय कांग्रेसले गरेको छ ।
यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।
कांग्रेसले हरेक महाधिवेशनमा क्रियाशील सदस्यताकै कारण विवाद हुने गरेकाले यसपटक पहिले नै माग बढेको भन्दै शत प्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरिसकेको छ ।
जसअनुसार कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो । तर, समायोजन नसकिएका जिल्लामा कांग्रेसले सदस्यताको फाराम नै पठाएको छैन ।
कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












