अर्गानिक जिल्ला रुकुम-पुर्व भेडा स्रोत केन्द्रको मन्त्री पाैडेलद्वारा अनुगमण(फोटोफिचर)
रुकुम-पुर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम –पूर्व) लाई अर्गानिक जिल्ला घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले रुकुम –पूर्वलाई अर्गानिक जिल्ला घोषणा गर्नुभयो ।
यस्तै उहाँले पुथाउत्तरगंगा गाउँपालिका ११ सेरामा स्थापना हुने भेडा स्रोत केन्द्रको पनि अनुगमण गर्नुभएको छ ।
भौगोलिक हिसाबले विकट पुथाउत्तरगंगा गाउँपालिकामा पुग्न कम दुख भने भएन । कतै गाडि, कतै मोटरसाइकल त कतै हिडेर मन्त्रि सहितको टोली पुथाउत्तरगंगा गाउँपालिकामा पुगेको हो । पुथाउत्तरगंगा गाउँपालिकामा पुग्नुभएकी मन्त्रि पौडेल उत्तरगंगाको पानीसँगै रमाउनुभएको थियो ।

पुथाउत्तरगंगामा पाइने हरेक अर्गानिक चिजबस्तुसँग परिचीत हुदै उहाँले रुकुम –पूर्व) नै प्रदेशको मुटुको टुक्रा भएको प्रतिक्रिया दिनुभयो ।
भेडा स्रोतकेन्द्र स्थापना गर्ने ठाउँको अनुगमण पश्चात मन्त्रि पौडेलले पुथाउत्तरगंगा गाउँपालिका पशुपालनको लागि एकदमै उपयुक्त ठाउँ भएको बताउनुभएको छ । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यवसायमुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । भेडा स्रोत केन्द्र बनाउने ठाउँको स्थलगत अनुगमणपछि उहाँले पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकसँगको अन्तरक्रिया कार्यक्रममायस्तो बताउनुभएको हो ।
अन्तरक्रियाको क्रममा त्यहाँका नागरिकहरुले मन्त्रि पौडेल समक्ष विभिन्न माग राखेका छन् । केहि वर्ष अघिसम्म प्रायजसो सबैले पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको कृषकहरुले गुनासो गरेका छन् । यस्तै पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउदा पनि आफुहरु समस्यामा परेको उनिहरुको भनाई छ ।
यस्तै गाउँपालिकामै साना उद्योग सञ्चालन, कृषि एम्बुलेन्स सञ्चालनको माग गरेका छन् भने कृषकको लागि आएको बजेट र कार्यक्रम कृषकमै पुग्नुपर्ने माग किसानहरुको छ । यसका साथै गाउँपालिका र कृषक समुहले विभिन्न माग राख्दै मागपत्र पनि मन्त्रि पौडेललाई बुझाएका छन् ।
कृषकहरुले राखेका मागको संबोधन गर्दै कृषि मन्त्रि पौडेलले भेडालाई उद्योगसँग जोडने तयारी प्रदेश सरकारले गरिरहेको बताउनुभएको छ ।
पशुपालनसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिने भन्दै स्थानीयको सल्लाह, सुझावलाई समेटेर काम गर्ने प्रतिबद्धता मन्त्रि पौडे्लले जनाउनुभएको छ । कृषकको लागि आएको बजेट सहि कृषकमै पुग्छ, यसमा कुनै शंका मान्नुपर्दैन, तपाईहरु ढुक्क हुनुस उहाँले भन्नुभयो ।
रुकुम (पूर्व) कृषि, पशुपालनको मात्र नभइ पर्यटनको पनि प्रचुर सम्भावना बोकेको जिल्ला भएको मन्त्रि पौडेलको भनाई छ । लुम्बिनी प्रदेश सरकारले तकसेरालाई गतवर्षबाट पर्यटकिय गाउँको रुपमा चित्रण गरेको पनि उहाँले बताउनुभयो । तपाई काम गर्नुस, तपाईको साथमा संघ, प्रदेश र स्थानीय सरकार छ, मन्त्रि पौडेलले भन्नुभयो ।
कृषि मन्त्रि पौडेलसहित भौतीक पूर्वाधार विकास समिती सभापती आशा स्वर्णकार, प्रदेशसभा सदस्य तेजबहादुर ओली, एकिकृत कृषि ताथ पशुपन्छि विकास कार्यालयका प्रमुख अरविन्दमणी त्रिपाठी, प्रदेश मन्त्रालयका पशु विकास महाशाखाका पशु चिकित्सक देविराम मरासीनी, कृषि अर्थ विज्ञ अनुप तीवारी लगाएतले भेडा स्रोत केन्द्र निर्माण गर्ने ठाउँको अनुगमण गर्नुभएको छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












