सचिवालय बैठकमा चर्काचर्की: ओलीले प्रस्तावमाथि छलफल नगरौं भनेपछि प्रचण्डले सोधे, ‘तपाईं को हो?’
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सम्पन्न सचिवालय बैठक तिक्ततापूर्ण भएको छ। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएपछि अरू सचिवालयका सदस्यले दुवै अध्यक्षलाई संयमित हुन आग्रह गर्नुपरेको थियो।
पार्टी कमिटीका बैठकमा आफ्नो प्रस्तावबारे छलफल गर्नुपर्ने प्रचण्डले अडान राखेपछि ओलीले छलफल हुनै नसक्ने भन्दै आक्रोशित भएर जवाफ फर्काएपछि चर्काचर्की भएको हो।
प्रचण्डले सोधे ‘तपाईं को हो?’
सचिवालय बैठक पार्टी महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिनको उपलक्ष्यमा केक काटेर सुरु भएको थियो। नेताहरुले एकसाथ ताली बजाएर पौडेललाई शुभकामना दिएका थिए। तर त्यसको केही क्षणमा नै बालुवाटारको माहोल बिग्रियो। ताली र शुभकामना सहित सुरु भएको बैठकमा नेताहरुबीच भनाभन र आरोप प्रत्यारोप भएपछि अवस्था सुरुमा झै सौहार्दपूर्ण हुन सकेन।
प्रचण्ड निकट स्रोतका अनुसार बैठकको सुरुमै ओलीले प्रचण्डलाई बैठकको एजेन्डाबारे सोधेका थिए। प्रचण्डले प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएपछि ओलीले छलफल हुनै नसक्ने भन्दै बैठकको औचित्यमाथि नै प्रश्न गरेका थिए।
‘प्रचण्डले बैठकमै छलफल हुनुपर्ने बताउँदा प्रधानमन्त्रीले पहिला प्रचण्डले माफी माग्नुपर्ने बताए,’ प्रचण्ड निकट स्रोतले भन्यो। छलफलमा प्रवेश गर्न नचाहेका ओलीमाथि प्रचण्डले बैठक छल्न खोजेको आरोप लगाएका थिए।
बैठकमा प्रस्ताव बारे छलफल हुन नसक्ने बताएपछि प्रचण्डले के ओली पार्टी कमिटी भन्दा ठुलो हो ? भन्दै प्रश्न गरेका थिए।
‘प्रस्तावबारे जे गर्छ पार्टी कमिटीको बैठकले गर्छ। छलफल नै नगरौं भन्ने पार्टी कमिटी भन्दा ठुलो तपाईं को हो?, ‘ प्रचण्डको भनाइ उद्दत गर्दै स्रोतले भन्यो।
ओलीको बचाउमा बिष्णु पौडेल मात्र
प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भन्ने ओली प्रचण्डको विवादबीच महासचिव बिष्णु पौडेलले मात्र ओलीको बचाउ गरेका थिए। अरु सचिवालयका सदस्यले छलफल गरेरै अघि बढनुपर्ने मत राखेका थिए।
मंसिर १८ र २५ गतेका लागि तय भएको स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक स्थगित गर्नुपर्ने ओलीको प्रस्तावमा सचिवालयका सदस्यले भने पार्टीका विवादबारे पहिला छलफल गर्नुपर्ने अडान लिएका थिए। बैठक स्थगित गर्न नहुने उनीहरूको धारणा थियो। तर ओली भने बैठक बस्न दिने पक्षमा छैनन्।
पार्टीमा देखिएको संकट समाधानका लागि ओली प्रचण्डले छुट्टाछुटै प्रस्ताव प्रस्तुत गरेका थिए। दुवै प्रस्तावमा अध्यक्षद्वयले एकअर्काप्रति आरोप लगाएका थिए। पछि साझा प्रस्ताव बनाउन ओली पक्षले पहल गरेपनि प्रचण्डले अस्वीकार गरे। त्यसयता नेकपाको विवाद बल्झिदै गएको छ।
आआफ्नो दाबी
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको जानकारी दिएका थिए।
‘दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक रुपमा छलफल शुरु भएको छ। साथसाथै अनौपचारिक रुपमा छलफल तथा संवाद अगाडि बढाउने बैठकले ठानेको छ,’उनले भने। उनले बैठकबाट हुने छलफलले नै निष्कर्ष निकाल्ने बताए।
तर, ओली निकट नेताहरुले भने प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान लिइरहेका छन्। आजको बैठकमा पनि प्रवक्ता श्रेष्ठले भनेको कुरा सत्य नभएको भन्दै उनीहरुले प्रस्तावबारे छलफल नै नभएको दाबी गरेका छन्।
‘बालुवाटारमा कुनै छलफल नभएको दाबी छ। प्रधानमन्त्रीको धारणा प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने हो,’ओली निकट स्रोतले भन्यो।
नेकपा सचिवालयको बैठक भोलि फेरि बस्दै छ। पार्टी कमिटीमा ओली अल्पमतमा छन् भने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह बहुमतमा। त्यसैले ओलीले पार्टी कमिटीको बैठक ‘इन्गोर’ गर्न चाहिरहेको बताइन्छ। यता प्रचण्ड नेपाल समूह भने बहुमतको निर्णय ओलीले मान्नुपर्ने अडानमा छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












