नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा : मन्त्री विश्वकर्मा
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् ।
कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए ।
छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए ।
एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए । यस्तै छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैरआवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए ।
छलफलमा सहभागी भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि बृहत् छलफल गर्नु आवश्यक रहेको बताए ।
यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेश हुने खेलको प्रशिक्षण भइरहेको छ । साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदैछ । त्यस्तै राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाका पुगेर मैत्रीपूर्ण खेल खेलेर फर्किइसकेको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












