नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा : मन्त्री विश्वकर्मा
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् ।
कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए ।
छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए ।
एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए । यस्तै छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैरआवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए ।
छलफलमा सहभागी भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि बृहत् छलफल गर्नु आवश्यक रहेको बताए ।
यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेश हुने खेलको प्रशिक्षण भइरहेको छ । साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदैछ । त्यस्तै राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाका पुगेर मैत्रीपूर्ण खेल खेलेर फर्किइसकेको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












