पल्सर स्पोर्टस् अवार्ड पुस अन्तिममा
काठमाडौं। खेलाडी तथा खेलकर्मीका योगदानको मूल्यांकन गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो कार्यक्रम पल्सर स्पोर्टस् अवार्डको १७औं संस्करण आगामी पुसको अन्तिम साता हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।
गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुने एनएसजेएफले जनाएको छ।
विगतका वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा हुँदै आएको अवार्ड यसपालि कोरोना भाइरसको संक्रमण जोखिमका कारण कराते हलबाट सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ)ले आज आयोजित अवार्डको मिति घोषणा कार्यक्रममा जानकारी गराए।
मिति घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भयो।
एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६०० रूपैयाँ उपलब्ध गराउनेछ। त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन्।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन्। यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ नगद पाउने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी गराए।
ओलीका अनुसार पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधामा एनएसजेएफको छनोट समितिले पाँच/पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्नेछ।
त्यसपछि तिनै मनोनीत खेलाडीमध्येबाट एक/एक जना विजेताको टुंगो लगाउनेछ।
यसैगरी पिपल्स च्वाइस अवार्डका लागि पनि पाँच चर्चित खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ र समर्थकले एसएमएस तथा फेसबुक लाइकका माध्यमबाट दिएको मतका आधारमा विजेताको चयन गरिनेछ।
अन्य विधामा भने छनोट समितिले सोझै विजेता छान्नेछ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












