पल्सर स्पोर्टस् अवार्ड पुस अन्तिममा
काठमाडौं। खेलाडी तथा खेलकर्मीका योगदानको मूल्यांकन गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो कार्यक्रम पल्सर स्पोर्टस् अवार्डको १७औं संस्करण आगामी पुसको अन्तिम साता हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।
गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुने एनएसजेएफले जनाएको छ।
विगतका वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा हुँदै आएको अवार्ड यसपालि कोरोना भाइरसको संक्रमण जोखिमका कारण कराते हलबाट सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ)ले आज आयोजित अवार्डको मिति घोषणा कार्यक्रममा जानकारी गराए।
मिति घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भयो।
एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६०० रूपैयाँ उपलब्ध गराउनेछ। त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन्।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन्। यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ नगद पाउने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी गराए।
ओलीका अनुसार पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधामा एनएसजेएफको छनोट समितिले पाँच/पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्नेछ।
त्यसपछि तिनै मनोनीत खेलाडीमध्येबाट एक/एक जना विजेताको टुंगो लगाउनेछ।
यसैगरी पिपल्स च्वाइस अवार्डका लागि पनि पाँच चर्चित खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ र समर्थकले एसएमएस तथा फेसबुक लाइकका माध्यमबाट दिएको मतका आधारमा विजेताको चयन गरिनेछ।
अन्य विधामा भने छनोट समितिले सोझै विजेता छान्नेछ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











