लेवान्डोस्की फिफा वर्ष खेलाडी
एजेन्सि । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।
पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले गत सन् ४७ खेलमा ५५ गोल गरेका थिए ।
जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगा सहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए ।
तीनै प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोलमा रहेका थिए ।
३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २स य ५० गोलको कोशेढुङ्गा पार गरे ।
लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।
‘मैले निकै मज्जाको अनुभव गरिरहेको छु ।’ उनले भने, ‘मैले निकै गर्व र खुसीको महशुश गरेको छु । यो मेरो लागि एक महान दिन हो । र मेरो क्लब र सहकर्मीका लागि पनि । यो अवार्ड मेरो सहकर्मीको पनि हो । प्रशिक्षक र बायर्न म्युनिखको हो । निकै उद्भुत महशुश भईरहेको छ । यसले धेरै भावुक बनाएको छ ।’
३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २ स य ५० गोलको कोशेढुङ्गा पार गरे ।
लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।
‘मैले निकै मज्जाको अनुभव गरिरहेको छु ।’ उनले भने, ‘मैले निकै गर्व र खुसीको महशुश गरेको छु । यो मेरो लागि एक महान दिन हो । र मेरो क्लब र सहकर्मीका लागि पनि । यो अवार्ड मेरो सहकर्मीको पनि हो । प्रशिक्षक र बायर्न म्युनिखको हो । निकै उद्भुत महशुश भईरहेको छ । यसले धेरै भावुक बनाएको छ ।’
लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन ईङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । उनले गत सिजन लियोनमा बिताएकी थिईन् ।
उनले गत सिजन लियोनबाट चार उपाधि जितेकी थिईन् । सिटीलाई उनले नयाँ उचाईमा च्याम्पियन्स लिगसम्म लैजाने अपेक्षा गरिएको छ ।
उनले लियोनकी सहकर्मी वेन्डी रेनार्ड र चेल्सीकी विश्व कीर्तिमानी मुल्यकी खेलाडी पेरनील हार्डरलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेकी हुन् ।
बिहिबारको राति बायर्नका लागि सुखद रह्यो । म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।
लिभरपुलका योर्गेन क्लोपले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे । बायर्नका हान्सी फ्लिक र लिड्सका मार्सेलोलाई पछि पार्दै क्लोपले लगातार दोस्रो वर्ष सा अवार्ड प्राप्त गरेका हुन् ।
महिलातर्फको वर्ष प्रशिक्षकको अवार्ड भने नेदरल्याण्डकी सरीना वेगमेनले प्राप्त गरिन् ।
सन ह्युङ मिनले पुस्कार अवार्ड प्राप्त गरे । टोटेनहमका फरवार्डले वर्नलीविरुद्ध गरेको गोलले उनलाई पुस्कास अवार्ड दिलायो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












