प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन परेको छैन : वर्षमान पुन
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र समावेशिता मन नपरेको बताएका छन्।
काठमाडौंमा जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन नपरेकाले नै संसद विघटन गरेको दाबी गरे।
‘पार्टीभित्र अन्तर्विरोध थियो। तर, प्रधानमन्त्रीले संसद नै विघटन गर्नुपर्ने अवस्था थिएन। उहाँलाई संघीयता मन नपरेको कारणले असफल बनाउनका लागि संसद विघटन गर्नुभयो,’ पुनले भने, ‘पार्टीभित्र र संसदमा पनि उहाँलाई कुनै असहयोग भएको थिएन।’
नेता पुनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरे। ‘प्रधानमन्त्रीको विशेष अधिकार र काम गर्न नदिएको विषय उहाँले उठाउनुभएको छ। तर, पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न पाइँदैन,’ उनले भने, ‘असंवैधानिक कदम चालिएको छ। यसविरुद्ध एकजुट भएर लाग्नुपर्छ।’
संसद विघटन गर्ने बैठकमा पनि आफूले त्यस विषयमा कुरा उठाएको पूर्वऊर्जामन्त्री समेत रहेका पुनले बताए। ‘उहाँले आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गर्नुभयो। उहाँ निकटका मन्त्री प्रदीप ज्ञवालीले समेत त्यसको विरोध बैठकमा गर्नुभएको थियो,’ पुनले भने, ‘उहाँले कसैको कुरा सुन्नुभएको भए देशमा यस्तो अवस्था आउँदैनथ्यो।’
प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको नेता पुनले आरोप लगाए। ‘प्रधानमन्त्री ओलीले बैशाखमा पनि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यो फिर्ता भयो। यता पार्टी बैठक चलिरहेको बेलामा पनि संवैधानिक परिषद्को अध्यादेश ल्याउनुभयो,’ उनले भने, ‘उहाँले पार्टीभित्रको कुरा पनि कहिल्यै सुन्नु भएन र निर्णय पनि मान्नु भएन।’
प्रधानमन्त्री ओलीको कदमलाई रोक्न ८३ सांसदको हस्ताक्षरसहित बैठकको माग गर्दै राष्ट«पति कार्यालयमा पुग्दा समेत दर्ता नभएको उनले स्मरण गरे। सत्तारुढको पार्टीको विवादले लोकतन्त्रमा खतरा हुनु नहुने उनले बताए। पार्टीभित्रको विवाद पार्टीमै बसेर समाधान गर्नमा प्रधानमन्त्री ओली नलागेको उनले आरोप लगाए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












