देश विकासको लहर अघि बढ्यो, कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लहर चलिरहेकाले देशलाई अगाडि बढ्न कसैले नरोक्ने बताएका छन्।
सोमबार राप्ती नदीमा रहेको नेपाल कै दोस्रो लामो दाङको पुलको उद्घाटन कार्यक्रममा उनले देशमा सुशासन र विकासलाई प्रत्याभूत गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
उनले अहिले देशमा विकासको लहर चलिरहेको उल्लेख गर्दै कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको दाबी गरे। प्रधानमन्त्री ओलीले केही प्रतिकूलता भए पनि त्यसलाई चिरेर अगाडि बढेको बताए। जसको उदाहरण यही पुल समय मै निर्माण हुनु पनि एक भएको दृष्टान्त पेश गरे।
प्रधानमन्त्री ओलीले दाङमा लुम्बिनी प्रदेशको राजधानी बन्न लागेको र जसका लागि उक्त पुल महत्त्वपूर्ण रहेको बताए। उनले यही ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको बताउँदै त्यस पुल विकासको नमुना हुने समेत बताए।
राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा २०७३ मंसिर २२ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल शिलान्यास गरेका थिए। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ। उक्त पुल करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। पुल चार वर्षभित्र निर्माण गरि सक्ने सम्झौता भए पनि चार महिनाअगाडि नै निर्माण पूरा भएको थियो। पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको हो।
राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले वर्षायाममा सास्ती भोग्दै आएका थिए। ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदी वारपार गर्ने गर्दथे। त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। यो पुल निर्माण भएसंगै पूर्व–पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेट पनि समय लाग्दैन। लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ। राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ।।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












