युद्धमा कहिल्यै नहारेको देश खेलकुदमा किन हार्ने? : प्रधानमन्त्री ओली
काठमाडाै । खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रममा एक घण्टा बोल्दा प्रधानमन्त्री ओलीले राजनीतिक कुरा गरेनन्।
खेलाडी र खेलकर्मीलाई हौस्याउने क्रममा प्रधानमन्त्रीले आगामी दिनमा सागमा पहिलो स्थान हासिल गर्नुपर्नेमा जोड दिए।
अभ्यासलाई जित्ने तहमा उठाउनका लागि अत्यावश्यक व्यवस्था सरकारले मिलाउने प्रधानमन्त्रीले आश्वासन दिए।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएयता पहिलो पटक आज आयोजित कार्यक्रममा राजनीतिक परिस्थितीको चर्चा नगरिकनै मन्तव्य टुंग्याएका छन्।राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा बोल्ने क्रममा राजनीतिका लागि केही सेकेन्ड र केही शब्द मात्र खर्चिए। खेलकुदमा हुने जितहारको विषयमा चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले राजनीति वा अन्य क्षेत्रमा जितहारको नतिजा खेलकुदमा जस्तो सहज नहुने बताए।
“जित्ने र हार्ने कुरा गरौं, अरु पशुपंक्षीलाई पनि केही असर हुन्छ। तर मान्छेलाई जित्ने र हार्ने कुराको सानो असर होइन। विश्वयुद्ध भएका छन्, जित्ने र हार्ने कुराले, देश देशका बीचमा। इतिहासमा पनि हामी विकासभन्दा लडाइँका इतिहास पढ्छौं। हार र जितका कुरा पढ्छौं,” प्रधानमन्त्रीले खेलकुदसँग जोड्दै वर्तमान राजनीतिक परिस्थितिबारे घुमाउरो पारामा यत्ति मात्र भने, “विश्वमा आज अशान्ति भएको पनि यही जित र हारका लागि हो। जित र हारलाई मानिसले यस्तो इगोको विषय बनाउछ नी, संसद विघटन भइसक्यो, चुनाव आउन लागिसक्यो। चुनाव हुनु हुँदैन भनेर केही कराइरहेका छन्। त्यो केहीका लागि होइन, जितेँ भन्ने पार्नलाई। चुनावमै गएर जित्ने ठाउँ छ नि, तर चुनावमा गएर जित्नुभन्दा यो चाँही हराइदिन पाए, फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो। देशलाई हानि होस की नोक्सान, आफ्नो जित, त्यहाँ पुग्छ मान्छे।”
नेपालजस्तो राष्ट्रिय युद्धहरूमा पनि कहिल्यै नहारेको देशले खेलकुदमा हार्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। राष्ट्रिय खेलकुद परिषदको संरक्षकका हैसियतमा बोल्दै प्रधानमन्त्रीले थपे, “यो हारजितको ठूलो महत्त्व छ, मनोविज्ञानका लागि। हाम्रो जस्तो कहिल्यै नहारेको, कहिल्यै उपनिवेश नबनेको देश, अनि यत्रायत्रा डल्ला फ्याक्नेमा किन हार्ने? तोपसँग नहार्ने, गोलाबारुदसँग नहार्ने, काटमारसँग नहार्ने, अंग्रेज तोप लिएर लड्न आउँदा खुकुरीले जितिदिने, त्यस्तो नेपालीले खेल भनेको त एउटा भकुन्डै हान्ने त हो नि, क्रिकेटमा एउटा बल हान्ने त हो नि। किन हार्नुपरेको छ त्यसमा चाँही? त्यसकारण त्यसमा पनि नहार्ने।”
२०१६ मा भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियालाी खेलकुद सागमा नेपालले तीनवटा मात्र स्वर्ण पदक जितेको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्रीले अथ्र्याए, “हामीले १२ औंमा किन ३ वटामात्र किन जितेको? अभ्यास पुगेन। नहार्ने इतिहास भए पनि, बहादुर पुर्खाका सन्तान भए पनि, राष्ट्रिय युद्ध हामी जित्ने, एउटा कुस्ती हामी हार्ने? देशलाई स्वाधिन राख्ने अनि एउटा कराते हार्ने? एउटा कम्फु हार्ने? एउटा भारोत्तोलन हार्ने? त्यसकारण यो मिलिरहेको छैन, यो नमिलेको कुरा मिलाउनका लागि आफ्नो अभ्यासलाई जित्ने तहमा उठाउन जरुरी छ।” गत वर्ष नेपालमै सम्पन्न १३ औँ सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै ऐतिहासिक रूपमा दोस्रो स्थान हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले ५१ स्वर्ण र दोस्रो स्थानमै चित्त नबुझाउन खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई हौस्याए। खेलाडी, प्रशिक्षक तथा खेल संघलाई अझै बढि मेहनत गर्न हौस्याउँदै प्रधानमन्त्रीले अत्यावास्यक सुविधाहरू दिनका लागि सरकार तत्पर रहेको प्रतिबद्धता जनाए।खेलकर्मीहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय खेल भलिबलका लागि दुई वर्षभित्र काठमाडौंमा सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने, मुलपानीको निर्माणाधिन क्रिकेट रंगशाला तत्काल निर्माण सम्पन्न गर्ने, सातै प्रदेशमा सुविधासम्पन्न भौतिक पूर्वाधारहरू बनाउनेलगायतका आस्वासन दिए। दशकौंदेखि बढुवा नभएका कर्मचारीहरूको बढुवा प्रक्रिया तत्काल सुरु गर्न, लामो समयदेखि करार तथा अस्थायी नियुक्तिमा रहेर काम गरिरहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने लगायतका कामका लागि प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री दावा लामालाई निर्देशन दिए।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












