जनता उठेपछि सब सेटिङ भत्किन्छन् : प्रचण्ड
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनकारीहरूका सबै सेटिङ जनताले भत्काइदिने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले अदालतमा केस छ, निर्वाचन आयोगमा केस छ । हल्ला पनि छ सेटिङ छ रे भन्ने छ। सबैभन्दा ठूलो सेटिङ जनता हुन् । जनता उठेपछि सव सेटिङ्हरु भत्किन्छन् । कसैलाई लागेको छ सेटिङ् अनुसार फैसला हुने र नेपाली जनताले खुरु खुरु मान्छन् भन्ने त्यो भ्रम हो ।’
प्रचण्डले ढिलो–चाँडो प्रतिगमनविरुद्ध आमजनता सडकमा आउने स्थिति बन्ने दाबी गरे । ‘दुई–चार दिन ढिलो–छिटो हो, जनता आमरूपमा सडकमा आउने स्थिति बन्छ र यो निरंकुशता परास्त हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन उल्टाउन सक्ने नेपाली जनता, युद्धलाई शान्तिमा रुपान्तरण गर्न सक्ने जनताले यो तानाशाहीलाई स्वीकार गर्छन् भन्ने लाग्दैन,’ उनले भने ।
प्रचण्डले संविधान मिचेर गरिएको चुनाव पनि असंवैधानिक हुने बताए । ‘संविधान मिचेको मिच्यै गरेर गरिएको चुनाव पनि असंवैधानिक हो । त्यसले समस्याको हल दिँदैन । त्यो भ्रम पनि कसैले नपाले हुन्छ,’ प्रचण्डले भने, ‘प्रतिगमन हुने, असंवैधानिक र अलोकतान्त्रिक हुने अनि त्यसले नै गरेको चुनाव संवैधानिक र लोकतान्त्रिक हुन्छ त ? नेपाली जनताले खुरुखुरु मान्छ त ? मान्दैन ।’
संविधान र लोकतन्त्रको हत्या गर्ने प्रयास ओलीबाट भएको भन्दै त्यसलाई ‘करेक्सन’ नगरेसम्म आन्दोलन जारी रहने प्रचण्डको भनाइ छ । उनले अहिलेको आन्दोलनमा युवा पुस्ता जोडिएको र यो लोकतन्त्र अनि राष्ट्रका लागि सकारात्मक भएको बताए ।
‘कता–कता के–के होलाजस्तो डर लागेको थियो । तर, यो प्रतिगमनपछिको आन्दोलनमा युवा पुस्ता जोडिएको छ । युवाहरू फेरि लोकतन्त्र र राष्ट्रप्रति जागरूक हुने अवस्था बनेको छ । हामी त जीवनको उत्तरार्धतिर छौं,’ दाहालले भने, ‘अहिले हामीले गर्न चाहेको युवाहरूकै लागि हो ।’
अहिलेको आन्दोलन नेकपाभित्र पद पाउनका लागि नभएर लोकतन्त्र र संविधान बचाउन भएको दाबी दाहालले गरे । ‘यो नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका वेस्ट ब्रेन एक ठाउँ आउने थिएनन् । यो प्रतिगमन नै हो भनेर सबै आन्दोलनमा छन् । यो राम्रो कुरा हो,’ उनले भने ।
अर्को एक प्रसंगमा प्रचण्डले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग इमानदारीपूर्वक वार्ता गर्न चाहेको भए त्यो सकारात्मक भएको र त्यसको पक्षमा आफूहरू रहेको बताए । तर, वार्ताअघि यही सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












