सुरु भयाे गैँडा गणना
काठमाडौँ । राष्ट्रिय गैँडा गणना सोमबार (चैत ९ गते) देखि सुरु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा गैँडा गणना सुरु भएको हो ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली हात्तीमा परिचालित भएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।
गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका हुन् । गणनाको औपचारिक कार्यक्रम भने चिवतनको सौराहमा बिहान साढे १० बजेपछि वन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा हुनेछ ।
चितवनमा र पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि तीन हप्ता लाग्ने अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए । उनले भने, ‘पर्साबाट सुरु भएको गणना बिस्तारै पश्चिम तिर सर्दै जाने छ । गणकहरु पर्साको वन क्षेत्र हुँदै नारायणी नदी पार गरेर नवलपुरको वन क्षेत्रसम्म पुग्ने छन् ।’
यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चैत १९ गतेदेखि गणना थालिने उनले बताए । चैतभर गणना सकेर आउँदो वैशाखमा पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको विभागले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पोखरीमा आहाल खेल्दै गैँडा । हिउँदको समयमा घाँसे मैदान खुला हुने हुँदा यहि बेला पारेर गैँडा गणना गरिन्छ ।
गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका गरि ५६ वटा हात्तीहरु प्रयोग हुने छन् । गणनामा हात्तीको दरबन्दीमा रहेका माउते तथा स्याहारकर्ता पनि प्रयोग हुने छन् । चितवन र पर्साको गणनाका लागि ४० जना मुख्य गणक खटिने छन् । बर्दिया र शुक्लाफाँटामा १०–१० जना मुख्य गणक रहने छन् ।
गैँडा गणनाका लागि सरकाराले ८० लाख रुपैयाँ बिनियोजन गरेको र दाताहरुबाट प्राप्त भएको थप रकमसहित कुल एक करोड तीन लाखको लागत अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।
नेपालमा हरेक पाँच वर्षमा गैँडा गणना गरिन्छ । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्ने उनले बताए । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतका सामान प्रयोग गरिन्छ।
गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिने गरेको र गणनापछि अवस्था हेरेर व्यवस्थापनको काम गरिने विभागले जनाएको छ ।
पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कुल ६४५ गैँडा थिए । त्यस अनुसार सबैभन्दा धेरै चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।
विभागको तथ्यांक अनुसार नेपालमा सन् १९५० मा सबैभन्दा धेरै ८०० गैँडा थिए । त्यसपछि सन् १९६५ सम्म गैँडाको संख्या लगातार घट्दै गएको देखिन्छ । १९५५ मा ४००, सन् १९६० मा ३०० र सन् १९६५ मा १०० गैँडा भेटिएका थिए ।
त्यसपछिका वर्षमा भने संख्या बिस्तारै बढ्न थाल्यो । सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा भेटिएका थिए । त्यसपछि सन् २००० मा गैँडाको संख्या ६१२ पुगे पनि सन् २००५ मा घटेर ४०९ पुगेको थियो । सन् २०१० मा ४३५ पुगेको गैँडाको संख्या २०१५ मा ६४५ दर्ता भएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












