सुरु भयाे गैँडा गणना
काठमाडौँ । राष्ट्रिय गैँडा गणना सोमबार (चैत ९ गते) देखि सुरु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा गैँडा गणना सुरु भएको हो ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली हात्तीमा परिचालित भएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।
गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका हुन् । गणनाको औपचारिक कार्यक्रम भने चिवतनको सौराहमा बिहान साढे १० बजेपछि वन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा हुनेछ ।
चितवनमा र पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि तीन हप्ता लाग्ने अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए । उनले भने, ‘पर्साबाट सुरु भएको गणना बिस्तारै पश्चिम तिर सर्दै जाने छ । गणकहरु पर्साको वन क्षेत्र हुँदै नारायणी नदी पार गरेर नवलपुरको वन क्षेत्रसम्म पुग्ने छन् ।’
यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चैत १९ गतेदेखि गणना थालिने उनले बताए । चैतभर गणना सकेर आउँदो वैशाखमा पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको विभागले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पोखरीमा आहाल खेल्दै गैँडा । हिउँदको समयमा घाँसे मैदान खुला हुने हुँदा यहि बेला पारेर गैँडा गणना गरिन्छ ।
गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका गरि ५६ वटा हात्तीहरु प्रयोग हुने छन् । गणनामा हात्तीको दरबन्दीमा रहेका माउते तथा स्याहारकर्ता पनि प्रयोग हुने छन् । चितवन र पर्साको गणनाका लागि ४० जना मुख्य गणक खटिने छन् । बर्दिया र शुक्लाफाँटामा १०–१० जना मुख्य गणक रहने छन् ।
गैँडा गणनाका लागि सरकाराले ८० लाख रुपैयाँ बिनियोजन गरेको र दाताहरुबाट प्राप्त भएको थप रकमसहित कुल एक करोड तीन लाखको लागत अनुमान गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।
नेपालमा हरेक पाँच वर्षमा गैँडा गणना गरिन्छ । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्ने उनले बताए । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतका सामान प्रयोग गरिन्छ।
गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिने गरेको र गणनापछि अवस्था हेरेर व्यवस्थापनको काम गरिने विभागले जनाएको छ ।
पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कुल ६४५ गैँडा थिए । त्यस अनुसार सबैभन्दा धेरै चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।
विभागको तथ्यांक अनुसार नेपालमा सन् १९५० मा सबैभन्दा धेरै ८०० गैँडा थिए । त्यसपछि सन् १९६५ सम्म गैँडाको संख्या लगातार घट्दै गएको देखिन्छ । १९५५ मा ४००, सन् १९६० मा ३०० र सन् १९६५ मा १०० गैँडा भेटिएका थिए ।
त्यसपछिका वर्षमा भने संख्या बिस्तारै बढ्न थाल्यो । सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा भेटिएका थिए । त्यसपछि सन् २००० मा गैँडाको संख्या ६१२ पुगे पनि सन् २००५ मा घटेर ४०९ पुगेको थियो । सन् २०१० मा ४३५ पुगेको गैँडाको संख्या २०१५ मा ६४५ दर्ता भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












