चैत २१ देखि दाङकाे लमहीमा बलियो नेपाल कप हुने
काठमाडौं । बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहने छ ।
आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
विश्वका धनाढ्यमध्येका एक विल गेट्सको विल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले चौधरी फाउन्डेशनलाई अनुदान सहायता प्रदान गरेको रकमबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाललाई सन् २०३९ सम्म विश्वकप जिताउने नाराका साथ प्रतियोगिता घोषणा गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बलियो नेपाल पोषण कार्यक्रमका सदस्य छन् ।
पारसले एउटा उद्देश्य बनाएमा लक्ष्य पुग्न सजिलो हुने जनाउँदै पौष्टिक आहार र क्रिकेटको सहकार्यले राम्रो भविष्य संकेत गरेको जनाए । बैंकर शाहले गन्तव्यमा पुग्न उद्देश्य बनाउनु पर्ने जनाए । बलियो नेपाल पोषण कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्यायले नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बलियो नेपालले क्रिकेटबाट लक्ष्यमा पुगिने आशा लिए ।
बिहीबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशको आठै जिल्लामा ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिने क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । चैत २१ देखि २८ सम्म दाङको लमहीमा प्रतियोगिता हुनेछ । आयोजकले सबै टिमको सम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । त्यसका लागि केही स्थानमा यसअघि नै क्रिकेट किट्स प्रदान गरिसकिएको उनले जनाए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












