कमाई खाने भाँडो भएको छ कलेजमा पत्रकारिता : गोकुलप्रसाद पोखरेल,वरिष्ठ पत्रकार
पत्रकारितामा युवापुस्तानको आकषर्ण बढ्दो भएपनि पत्रकारिता कस्तो क्षेत्र हो ? यस पेसा तर्फ आउनु पूर्व के गर्नु पर्छ ? यसै विषयमा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोख्रसँग गरिएको कुराकानी :
- वर्तमान पत्रकारितालाई यहाँले कसरी लिनुभएको छ ?
वर्तमानमा पत्रकारिता अफठ्यारो अवस्था भएर गुज्रिदै छ । किनभने, पत्रपत्रिकाको संख्या, रेडियो एफ.एम स्टेशनको संख्या टेलिभिजनहरुको संख्या दर्तामा धेरै भएतापनि गुणस्तरमा अझै पछाडी परेका छन् । यीनिहरुले लगानी गरे अनुसारको नाफा कमाउन सकेका छैनन् । नाफा गर्न नसकेको हुनाले नै धेरै कर्मचारिहरुलाई शिकारु पत्रकारको रुपमा काममा लगाउने र तलब नदिएर ठगी धन्दा समेत शुरु भएको पाईन्छ ।
- आज पत्रकारिताको विकास र विस्तारमका क्रान्ति आएको छ । प्रशस्त सञ्चारमाध्यम खुलेका छन् । विद्यालय/क्याम्पसमा पत्रकारिता विषयको पढाई हुन्छ । युवापुस्ता पनि यो विषय अध्ययन गर्न आकर्षित भएका छन् । यस बारे तपाईंको विचार के छ ?
पत्रकारिता भनेको एउटा व्यवसाय मुलक विषय हो । यसलाई मानविकी अन्तर्गत ‘लिवर्ट आट्स’ मा राखिए पनि ‘लिटरेचर’ हरुको पढाई भन्दा फरक के मा छ भने यसमा हात चलाउने लेख्ने सीपको आवश्यकता पर्छ । त्यस कारण म यसलाई व्यवसायमुलक ‘भोकेशनल जर्नालिज्म’ भन्छु । ‘भोकेशनल जर्नालिज्म’ बाट उत्रेका मानिसहरु धेरैलाई व्यवसायमा नहुने भएकाले र यो विषयलाई ‘लिवर्ट आट्स’ बाट झिकीदिदा मानविकीका कला विषय लिएर शुन्य प्राःय हुने हुनाले सबैले यस विषयलाई क्याम्पसमा समावेश गर्न रुचाउँछन् । यस विषयमा विद्यार्थीहरुको चासो र चिन्ता बढेको पनि यही कारण हो ।
- पत्रकारिता विषयमा विद्यार्थीहरुको संख्या बढेपनि प्रायःसबैको चाहना भनेको मिडियामा काम गर्ने भन्ने हुन्छ । पत्रकारिता पेशामा प्रवेश गर्नुपूर्व के के गर्नुपर्छ ?
पत्रकारिता भनेको गहन दक्षता चाहिने विषय हो । पढेर मात्रै हुँदैन काम गरेर पनि देखाउनुपर्छ । विदेशी मुलुकहरुमा पत्रकारिता विषय पढेपछि व्यवसायमा प्रवेश गर्नलाई कडा प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धा गरेपछि त्यो मान्छेले पत्रकारितामा प्रवेश पाउँछन् । मानिसलाई खान पुग्ने गरि तलब भत्ताको व्यवस्था हुन्छ । उनीहरुले पत्रकारिता पेशाको मयाएदा अनुसार काम गर्छन र उनीहरुले आफ्नो पेट पाल्नको लागि दलाली गर्नु पर्दैन । आफ्नो पेशाप्रतिको निष्ठा उनीहरुले काय राखेका हुन्छन् । हाम्रो मुलुकमा त्यस्तो अवस्था छैन । पत्रकारिता विषयमा अध्ययन पुरा गरेपनि मार्केटमा जाँदा धेरै चुनौतिको सामना गर्नु परिरहेको अवस्था छ । नेपालमा सञ्चारमाध्ययमा काम गर्ने पत्रकारहरुको अवस्था त निराशा जनक नै छ ।
- नेपालमा चैं कस्तो विकराल स्थिति रहेको छ भने बिद्याले/क्याम्पसमा पत्रकारिता विषयको पढाई हुन्छ । यसरी पढेका विद्यार्थीहरु समाचार कक्षमा गएर समाचार गर्न नसक्ने, फिल्ड रिर्पोटिङ गर्न जाँदा सूचना पईल्याउन नसकेकर अलमलमा पर्ने गरेको देखिन्छ यस बारे तपाईंको विचार के छ ?
यो पत्रकारिता विषयको प्रस्ताव चैं गरिएको छ । धेरै विश्वविद्यालयहरुले विषयलाई समावेश गरेका छन् । तर त्यसको व्यवसायिक दक्षता निर्माण गर्ने कार्यक्रमहरु अपुरा छन् भने त्यसको निगरानीको परिपाचटी निकै कमजोर रहेको हुनाले उत्पादकहरु वञ्छनीय गुयास्तर युक्त हुन सकेका छैनन् ।
प्रस्तुति: रमेश दवाडी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...













