रुकुमकोट एक साताको लागी सिल
रुकुम पुर्व । कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट सिल हुने भएको छ । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडालाई एक साताको लागि सिल गर्ने निर्णय भएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले रुकुमकोटलाई आज राती १२ बजेदेखि लागु हुने गरी वैशाख २९ गते राती १२ बजेसम्मलाई सिल गर्ने निर्णय गरेको डिसीसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभएको छ ।
जिल्लामा कोरोना बिरामीहरु बढ्दै गएको तर, नियन्त्रण र व्यवस्थापनको लागि स्रोत साधन नभएपछि जिल्लाको मुख्य बजार रुकुमकोटलाई सिल गरिएको हो । अहिले जिल्लामा सिस्ने गाउँपलिका वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको जोखिम बबढ्दै जाने तर मानीसहरुले स्वास्थ्य मापदण्डको पालना नगरी लापरबाही गरिरहेको पाइएकाले रुकुमकोट सिल गर्नुपर्ने स्थिती आएको प्रजिअ राईले बताउनुभयो ।
रुकुमकोट सिल गरिएको अवधिमा जिल्लाभीत्रै यात्रुबाहक अर्थात सार्वजनिक गाडीहरु चल्न दिइने छैन । औषधी पसल २४ घण्टै खुला रहने छन् भने खाद्यान्न जन्य पसलहरु साझ र बिहान दुईदुई घण्टा खोल्न पाइने छ । अन्य सबै पसलहरु बन्द गरिने प्रजिअ राईले बताउनुभयो । उहाँकाअनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म र साझको ५ बजेदेखि ७ बजेसम्म मात्र खाद्यान्न्जन्य पसुलहरु खुला हुनेछन् ।
यस्तै बैंकीङ क्षेत्रको सेवाप्रवाहलाई पनि विभाजन गरिएको छ । रुकुमकोट स्थित प्रभु बैंक, राष्ट्रिय बाणीज्य बैंक र ग्लोबल आइएमई बैंकले हप्ताको आइतबार, मंगलबार र बिहिबार सेवा दिने छन् । नेपाल बैंक लिमिटेड, एनआइसी एसीया बैंक र कृषि विकास बैंकले सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह गर्ने प्रजिअ राईले बताउनुभयो । अन्य सहकारी र लघुवित्तहरुले भने बिहान १० बजेदेखि दिउसो १ बजेसम्म कार्यालय सञ्चालन गर्नेछन् ।
यस्तै जिल्लाका सरकारी कार्यालयमा परिस्थीती हेरी एक चौथाई कर्मचारीको उपस्थितमा कामकाज गरिने छ । सिल गरिएको क्षेत्रमा निर्माण सामाग्री ओसारपसार गर्ने गाडीहरु चल्नेछन् भने ठुला आयोजना निर्माणको कामलाई निरन्तरता दिइने छ । यस्तै बजार क्षेत्रमा जमघट हुने भएकाले घर निर्माणका कार्यलाई पनि रोक्ने प्रशासन कार्यालयले जनाएको छ । यी निर्णय विपरितको कार्य गरेमा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभएको छ ।।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












