प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्।
एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।
महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्। नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ।
ह्वीप जारी
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।
पर्ख र हेरको रणनीतिमा माधव समूह
सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।
आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए। पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतापूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ। पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको चेतावनी छ।
एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन्। यो छलफलसँगै राजीनामा अहिलेलाई रोकिएको छ। फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशन गर्नु भएको थियो।
जसपाले मत नदिने
संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध संसदमा पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ।
प्रतिनिधिसभा मतदान हुँदा जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउनेछैन। पार्टी पदाधिकारीको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो।
आइतबार बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने बताएका थिए। र, बैठकमा पनि तटस्थ बस्ने प्रस्ताव गरेका थिए।
तर संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा अडान राखेका छन्। त्यसैले मध्यमार्गी सहमति खोजेर ह्वीप नलगाउने निर्णय भएको हो। सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने दिने भन्दै भट्टराई यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तटस्थ बस्न चाहनेले तटस्थ बस्न पाउने भन्दै आफूहरुले चाहिं विपक्षमा मतदान गर्ने जानकारी दिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंक गणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो। संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्ष तथा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीका पक्षमा थिए। तर पार्टी भित्र अल्पमतमा परेपछि ठाकुर र महतो तटस्थ बस्ने निर्णयमा पुगेका हुन्।
कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने
संसदका कार्य व्यवस्था समितिले कोरोना संक्रमित सांसदले पनि विश्वासको मत लिने प्रस्तावमा भोट दिन पाउने व्यवस्था गरेको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदले भोट दिन पाउने व्यवस्था गरेको हो।
बैठकका लागि गरिएको पीसीआर परीक्षणमा २८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। ती सांसदलाई स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सबाट बैठकस्थलमा लगिनेछ। अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदानमा सहभागी गराइने छ।
संसदको कार्यसूची
संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सोमबारको सम्भावित कार्यसूची प्रकाशित गरेको छ।
सोमबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन्।
जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












