प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्।
एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।
महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्। नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ।
ह्वीप जारी
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।
पर्ख र हेरको रणनीतिमा माधव समूह
सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।
आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए। पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतापूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ। पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको चेतावनी छ।
एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन्। यो छलफलसँगै राजीनामा अहिलेलाई रोकिएको छ। फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशन गर्नु भएको थियो।
जसपाले मत नदिने
संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध संसदमा पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ।
प्रतिनिधिसभा मतदान हुँदा जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउनेछैन। पार्टी पदाधिकारीको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो।
आइतबार बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने बताएका थिए। र, बैठकमा पनि तटस्थ बस्ने प्रस्ताव गरेका थिए।
तर संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा अडान राखेका छन्। त्यसैले मध्यमार्गी सहमति खोजेर ह्वीप नलगाउने निर्णय भएको हो। सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने दिने भन्दै भट्टराई यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तटस्थ बस्न चाहनेले तटस्थ बस्न पाउने भन्दै आफूहरुले चाहिं विपक्षमा मतदान गर्ने जानकारी दिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंक गणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो। संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्ष तथा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीका पक्षमा थिए। तर पार्टी भित्र अल्पमतमा परेपछि ठाकुर र महतो तटस्थ बस्ने निर्णयमा पुगेका हुन्।
कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने
संसदका कार्य व्यवस्था समितिले कोरोना संक्रमित सांसदले पनि विश्वासको मत लिने प्रस्तावमा भोट दिन पाउने व्यवस्था गरेको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदले भोट दिन पाउने व्यवस्था गरेको हो।
बैठकका लागि गरिएको पीसीआर परीक्षणमा २८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। ती सांसदलाई स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सबाट बैठकस्थलमा लगिनेछ। अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदानमा सहभागी गराइने छ।
संसदको कार्यसूची
संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सोमबारको सम्भावित कार्यसूची प्रकाशित गरेको छ।
सोमबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन्।
जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












