माओवादी केन्द्रले खोपका लागि कोष खडा गर्ने, सांसददेखि कार्यकर्ताले अनिवार्य सहयोग गर्नुपर्ने
काठमाडाै । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रले १५ बुँदे नीति कार्यक्रम अघि सारेको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोनाको तेस्रो लहर पनि आउन सक्ने विज्ञहरूको चेतावनीलाई मध्यनजर गर्दै १५ बुँदे नीति कार्यक्रम अघि सारिएको बताएको छ । सरकार कोरोना रोकथामा तथा नियन्त्रणमा असफल देखिएको दाबी गर्दै उसले केन्द्र प्रदेश र स्थानीय तहसम्म समन्वय लागि प्रस्ताव अघि सारेको हो ।
माओवादी केन्द्रले महामारीविरुद्ध लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय र सर्वपक्षीय संयन्त्रको प्रस्ताव अघि सारको छ । कोरोना नियन्त्रणका लागि गठन गरिएको सीसीएमसीले आफ्नो दायित्व पूरा गर्न असफल भएकाले प्रधानमन्त्रीकै नेतृत्वमा केन्द्रमा सर्वदीय र सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने उसको प्रस्ताव छ । यस्तै केन्द्रदेखि प्रदेशसम्म सर्वपक्षीय संयन्त्र गठन हुनुपर्ने माग माओवादी केन्द्रको छ ।
माओवादी केन्द्रले महामारीको लडाइँमा सघाउन केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइको प्रस्ताव गरेको छ । त्यस इकाइले कोभिडसम्बन्धी सूचना प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्ड पालनाका निम्ति जनतालाई प्रेरित गर्नेछ । सबै तहमा स्वास्थ्कर्मीको सुझाव अनुसार स्वास्थ्य इकाइका स्वयंसेवक संक्रमितहरूको उद्दार र होल्डिङ सेन्टर बनाउन केन्द्रित हुने त्यस पार्टीले जनाएको छ ।
पार्टीको नेतृत्वमा माओवादी केन्द्रले कोभिड कोष स्थापना गर्ने र त्यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरूले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनीतिक नियुक्ति लिएकाहरूले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ भएको छ । पार्टी बाहिरका शुभेच्छुकहरूले समेत सहयोग गर्न सक्ने उसको भनाइ छ ।
यस्तै माओवादी केन्द्रले सातै प्रदेशका सामुदायिक अस्पतालमा अक्सिज प्लान्ट स्थापनाका लागि सहयोग गर्ने बताएको छ । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन पार्टीले पहल गर्ने निर्णय गरेको छ । यस्तै माओवादी केन्द्रले कोरोना संक्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरूलाई शत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन सरकारलाई दबाब दिने भएको छ ।
माओवादी केन्द्रको १५ बुँदे योजना :

Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












