माओवादी केन्द्रले खोपका लागि कोष खडा गर्ने, सांसददेखि कार्यकर्ताले अनिवार्य सहयोग गर्नुपर्ने
काठमाडाै । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रले १५ बुँदे नीति कार्यक्रम अघि सारेको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोनाको तेस्रो लहर पनि आउन सक्ने विज्ञहरूको चेतावनीलाई मध्यनजर गर्दै १५ बुँदे नीति कार्यक्रम अघि सारिएको बताएको छ । सरकार कोरोना रोकथामा तथा नियन्त्रणमा असफल देखिएको दाबी गर्दै उसले केन्द्र प्रदेश र स्थानीय तहसम्म समन्वय लागि प्रस्ताव अघि सारेको हो ।
माओवादी केन्द्रले महामारीविरुद्ध लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय र सर्वपक्षीय संयन्त्रको प्रस्ताव अघि सारको छ । कोरोना नियन्त्रणका लागि गठन गरिएको सीसीएमसीले आफ्नो दायित्व पूरा गर्न असफल भएकाले प्रधानमन्त्रीकै नेतृत्वमा केन्द्रमा सर्वदीय र सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने उसको प्रस्ताव छ । यस्तै केन्द्रदेखि प्रदेशसम्म सर्वपक्षीय संयन्त्र गठन हुनुपर्ने माग माओवादी केन्द्रको छ ।
माओवादी केन्द्रले महामारीको लडाइँमा सघाउन केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइको प्रस्ताव गरेको छ । त्यस इकाइले कोभिडसम्बन्धी सूचना प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्ड पालनाका निम्ति जनतालाई प्रेरित गर्नेछ । सबै तहमा स्वास्थ्कर्मीको सुझाव अनुसार स्वास्थ्य इकाइका स्वयंसेवक संक्रमितहरूको उद्दार र होल्डिङ सेन्टर बनाउन केन्द्रित हुने त्यस पार्टीले जनाएको छ ।
पार्टीको नेतृत्वमा माओवादी केन्द्रले कोभिड कोष स्थापना गर्ने र त्यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरूले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनीतिक नियुक्ति लिएकाहरूले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ भएको छ । पार्टी बाहिरका शुभेच्छुकहरूले समेत सहयोग गर्न सक्ने उसको भनाइ छ ।
यस्तै माओवादी केन्द्रले सातै प्रदेशका सामुदायिक अस्पतालमा अक्सिज प्लान्ट स्थापनाका लागि सहयोग गर्ने बताएको छ । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन पार्टीले पहल गर्ने निर्णय गरेको छ । यस्तै माओवादी केन्द्रले कोरोना संक्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरूलाई शत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन सरकारलाई दबाब दिने भएको छ ।
माओवादी केन्द्रको १५ बुँदे योजना :

Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












