कोपा अमेरिका : उरुग्वेविरुद्ध अर्जेन्टिनाको जित
एजेन्सि । कोपाअमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्यो ।
खेलको १३औँ मिनेटमा अर्जेन्टिनाका गुइडो रोड्रिगेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र रोड्रिगेजको उक्त गोल नै निर्णायक बन्यो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले निकालेको पासमा रोड्रिगेजले हेडिङमार्फत् गोल गरेका थिए ।
उरुग्वेले बलमा राम्रो पोजिसन बनायो । तर, कुनै पनि प्रहार ‘टार्गेट’मा पुर्याउन भने सकेन । अर्जेन्टिनाले गोलका लागि ९ प्रहार गरेको थियो । त्यसमध्ये ६ वटा प्रहार टार्गेटमा थिए ।
खेलको ७५औँ मिनेटमा अर्जेन्टिनी गोल किपर इमिलिओनो मार्टिनेजलाई पहेलो कार्ड दिइएको थियो । बल सञ्चालनमा ढिला गरेको भन्दै रेफ्रीले उनलाई पहेलो कार्ड दिएका थिए ।
अर्जेन्टिनाले समूह चरणको दुई खेल खेलेको छ । यसअघि अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेर १-१ अंक बाडेको थियो ।
आज उरुग्वेलाई हराएसँगै अर्जेन्टिनाले ३ अंक जोडेको छ । दुई खेलमा ४ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











