प्रचण्डलाई थप सुरक्षाकर्मी : सुरक्षाको संशय कि सत्ताको शक्ति?
काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि नयाँ कार्यविधि २०७७ जारी गरेपछि भीआइपीको सुरक्षाकर्मी ह्वात्तै कटाइएको थियो।
गएको मङ्सिरमा हो सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरेर २०७७ बनाइएको हो। त्यसलगत्तै विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाइए।
सुरक्षाकर्मी त्यतिखेर फिर्ता भए जतिखेर सरकारको नेतृत्व गरिरहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिनिधिसभा विघटनलाई लिएर विवाद सुरु भइसकेको थियो। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटघाटमात्र होइन, बोलचाल समेत पातलो भइसकेको थियो। त्यही अवस्थामा अध्यक्ष दाहालको सुरक्षाकर्मी फिर्ता बोलाइयो।
पूर्व प्रधानमन्त्रीका हैसियतले दाहाललाई यसअघि नेपाल प्रहरीबाट डीएसपीको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको थियो। डीएसपीको कमाण्डमा २६ जना र सशस्त्र प्रहरीको तर्फबाट ४७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यतिखेर अध्यक्ष दाहाल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बिच सम्बन्ध पनि प्रितिकर थियो।
जब प्रचण्ड अर्का अध्यक्ष ओली विरुद्ध सडकमा उत्रिए। त्यसपछि डीएसपीको कमाण्डमा रहेको सुरक्षाकर्मी हटाइयो। त्यतिमात्र होइन अन्य सुरक्षाकर्मीको सङ्ख्या पनि घटइयो। प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा प्रहरी टोली खटाइयो उनको सुरक्षाका लागि। साथै १८ जनामा सुरक्षाकर्मीमा सीमित गरियो। त्यसपछि असुरक्षित महसुस गरेका प्रचण्डलाई सुरक्षार्थ पूर्व लडाकुहरू परिचालन गरियो, पार्टीको निर्णयअनुसार।
अहिले सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। देउवा नेतृत्वको सरकारमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र समेत सामेल छ। सरकारमा गएपछि पुनः अध्यक्ष दाहाललाई डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ। पहिले दिँदै आएको भन्दा थप सुरक्षाकर्मी समेत पठाइएको छ। अहिले डीएसपी विनोद घिमिरेले प्रचण्डको सुरक्षा नेतृत्व सम्हालेका छन्।
प्रश्न स्वभाविक रुपमा उठेको छ माओवादी अध्यक्ष प्रचण्डलाई किन एकाएक सुरक्षाकर्मी बढाइयो? के उनीमाथि सुरक्षा थ्रेट छ? या सत्ताको शक्ति देखाउनका लागि? कि प्रधानमन्त्री देउवाले रिझाउने मेलो झिकेका हुन्?
सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुर्नस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली नेतृत्वको नेकपा एमाले अनसन्तुष्ट छ। एमाले भातृ संगठन युवासंघ नेपाल सडक आन्दोलनमा उत्रिएको छ। युवा संघले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको चर्को विरोध गर्दै आएको छ। त्यसो त सर्वोच्चको परमादेशपछि काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने सुरक्षाकर्मी पनि बढी परिचालन गरिएको छ।
‘अदालतको फैसलापछि सुरक्षा थ्रेट हेरेर त्यस्ता व्यक्तिको निवास, कार्यालयदेखि अन्य पक्षमा सुरक्षा निगरानी बढाएका छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले भने।
नेता, प्रधान न्यायाधीशदेखि सुरक्षा थ्रेट महसुस भएका व्यक्तिको सुरक्षा र निवास वरपर प्रहरीको निगरानी बढाइएको हो। के प्रचण्डलाई सुरक्षाकर्मी थप गर्नु कारण यस्तै हो त ?
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवर भीआइपीको सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मी थपघट गर्नु समान्य भएको बताउँछन्।
गृह मन्त्रालयको सुरक्षा मापदण्डभन्दा धेरै सुरक्षाकर्मी अध्यक्ष दाहाललाई पठाइएको छ। पूर्व प्रधानमन्त्रीलाई सशस्त्र प्रहरीका १६ जना र २ जना नेपाल प्रहरीबाट सुरक्षा दिन मापदण्डमा उल्लखे छ। त्यस्तै, पूर्व राजाको हकमा पनि यही सङ्ख्या लागू गरिएको छ। पूर्व राष्ट्रपतिलाई भने सेना समेतले सुरक्षा दिने मापदण्ड छ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












