प्रेस काउन्सिलमा ब्रम्हलुट !
काठमाडाैँ । प्रेस काउन्सिल नेपाल पत्रकार र आमसंचार माध्यममा आचारसंहिता कार्यान्यन गर्ने र अनुगमन गर्ने निकाय हो ।
आचारसंहिताको उजुरी लिने र त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने अर्धन्यायिक निकाय यो सदाचार सिकाउने थलो हो । तर,प्रेस काउन्सिल आफै भ्रष्टचार र आर्थिक अनियमितताको अखडा बनेको छ ।
लकडाउनको समय काउन्सिलका पदाधिकारी र कर्मचारीहरुले बैठक भत्ता,परिवहन,डाटा,सञ्चार महसुलको नाममा बाँडिचुँडी बैशाखदेखि असारसम्म तीन महिनामै २४ लाख खाएको खुलेको हो ।
त्यस्तै अदालतमा सेटिङ्ग मिलाउने भनेर सर्वोच्च अदालतका प्रेस बिज्ञ किशोर पौडेल र माओवादी मिलाउने नाममा उजिर मगर (इन्द्रमान बुढा) अनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने नाममा कोरोना संक्रमण भएर घरमै बसेका गोविन्द चौलागाईंलाई अस्पताल बसेको निहुँ पारी काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सवा ४ लाख निकासा दिएको खुलेको छ । यसक्रममा यौटै सदस्यले दिनकै ४-५ वटा बैठकमा भाग लिएको देखाएर २ लाख ४८ हजारसम्म गोजीमा हालेको पाइएको छ । काउन्सिलको अनियमितता र कसले कम,कसले बढी खाने भन्ने प्रतिस्पर्धा चल्दा दोलखाको मुढेमा गतहप्ता बसेको बैठकमा सदस्यहरु गोपाल बुढाथोकी,दिपक पाण्डे र दुर्गा भण्डारीवीच झण्डै हात हालाहाल भएको थियो ।
यतिबेला काउन्सिलका कर्मचारीवीच अध्यक्षले जथाभावी गर्दा आफूलाई अख्तियार लाग्ला भनेर भागाभाग चलेको बताइन्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












