लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडाैँ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ ।
सर्वोच्चले हकदैया नपुगेको भन्दै यसअघि पेस भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपिठ भएको थियो ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।
सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभाको एमाले संसदीय दलको तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले सोमबार सर्वोच्चमा रिट दर्ता गरेको र त्यसको पेशी मंगलबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । ‘हिजो अधिवक्ता गणेश घिमिरे विशेष अधिवेशन बोलाउन आह्वान गरिएको प्रदेश प्रमुख अमिक शेरचनको पत्र कार्यान्वयन नगर्नू भन्ने आदेश माग गर्दै रिट लिएर आउनु भएको थियो,’ उनले भने, ‘त्यो सर्वोच्चबाट दरपिठ भएको थियो, आज त्यही विषयको रिट प्रदेशसभा सदस्य लीला गिरीले दर्ता गर्नुभएको छ ।’ रिट दर्ता भएपछि मंगलबारका लागि पेसी तोकिएको उनले बताए ।
सर्वोच्चले पहिलो रिट निवेदन जसलाई मर्का परेको हो, सोही व्यक्ति वा संस्था आउनु पर्ने भएपनि पनि असम्बन्धित व्यक्ति आएको भन्दै हकदैया नपुगेको निवेदन दरपिठ गरिदिएको थियो । प्रदेशसभा सदस्य गिरीले लुम्बिनी प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखलाई विपक्षी बनाइ रिट दायर गरेका छन् । लुम्बिनी प्रदेशको सत्ता पक्ष दल एमाले र सरकारले लुम्बिनी प्रदेश सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भएको भन्दै उक्ता धारा अनुसार विपक्षी गठबन्धनले दुई वर्ष नपुगी अविश्वासको प्रस्ताव दर्ता गर्न नसक्ने दाबी गर्दै आएको छ । विपक्षी गठबन्धन भने एमालेको एकल बहुमत नरहेको भन्दै मुख्यमन्त्रीले बहुमत सिद्ध गर्न सक्नुपर्ने नभए राजीनामा दिनु पर्ने माग गर्दै आएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












