निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई उपस्थित हुन समय तोकिदियो
काठमाडाैँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न बुधबारका लागि बोलाएको छ।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए।
सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।
आयोगमा कोही उपस्थित सकेन र पत्रमार्फत् सनाखतका लागि आग्रह आएमा के गर्ने भन्ने आयोगले पछि निर्णय गर्ने उनले बताए।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता छन्। उनी उपचारका लागि भारतमा छन्।
Comments
अरु समाचार
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते
काठमाडौं । मकवानपुरमा दुई वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...