फेसबुक कम्पनीको नाम अब ‘मेटा’
एजेन्सि । फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो पहुँच व्यापक बनाउने भएकाले नयाँ नामले राम्रोसँग समेट्न सक्ने कम्पनीले बताएको छ ।
यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता व्यक्तिगत प्लाटफर्महरूमा लागु हुने छैन, केवल तिनीहरूको स्वामित्व ग्रहण गर्ने ‘प्यारन्ट कम्पनी’ (मूल कम्पनी)मा मात्र लागु हुनेछ ।
पूर्व कर्मचारीले चुहाएका दस्तावेजहरूका आधारमा फेसबुकका बारेमा श्रृङ्खलावद्ध रूपमा नकारात्मक खबरहरू आइरहेका बेला यो कदम चालेको हो । फेसबुकका पूर्व कर्मचारी फ्रान्सेस हौगेनले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
सन् २०१५ मा गुगलले आफ्नो कम्पनीलाई पुनः संरचना गर्दै आफ्नो प्यारन्ट फर्मलाई अल्फाबेट भनेको थियो, यद्यपि, त्यो नाम समातेन ।
फेसबुकका मालिक मार्क जुकरवर्कले नयाँ नामको घोषणा गरेका हुन् । उनले ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गरेका थिए । मेटाभर्स एक अनलाइन संसार हो जहाँ मानिसहरू भर्चुअल वातावरणमा प्राय भीआर हेडसेट्स प्रयोग गरी गेम खेल्न, काम गर्न र सञ्चार गर्न सक्छन् ।
उनले विद्यमान ब्रान्डले भविष्यको त कुरौ छोडौँ अहिले नै आफूहरूले गरिरहेका सबै कुरालाई प्रतिनिधित्व गर्न नसकेको बताउँदै नाम परिवर्तन गर्न आवश्यक परेको बताए । भर्चुअल कम्फरेन्समा उनले समयसँगै मेटाभर्स कम्पनीको रूपमा देखा पर्ने आशा गरेको बताए ।
कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । थम्व अप लाइक रहेको लोगो परिवर्तन गरी ‘ब्लु इन्फिनिटी सेप’ राखेको छ ।
जुकरवर्कले कम्पनीको अन्य सेवाहरू प्रयोग गर्दा प्रयोगकर्ताहरूले फेसबुक प्रयोग गर्नु नपर्ने बताए ।
‘मेटा’ शब्द ग्रीक भाषाबाट आएको हो जसको अर्थ ‘बियोन्ड’ हुन्छ ।
बाहिरी व्यक्तिका लागि मेटाभर्स भर्चुअल रियालिटी भीआरको संस्करण जस्तो देखिन सक्छ, तर केही मानिसहरूले यो इन्टरनेटको भविष्य हुन सक्ने विश्वास गर्छन् ।
मेटाभर्समा कम्प्युटरमा रहनुको सट्टा मानिसहरूले भर्चुअल दुनियाँका सबै प्रकारको डिजिटल वातावरणमा प्रवेश गर्न हेडसेट्स सक्नेछन् ।
साथीहरू र परिवारसँग सामाजिकीकरण गर्न काम, खेल र कन्र्सटहरू जुनसुकैबाट भर्चुअल दुनियाँलाई व्यवहारिक रूपमा नै प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ । फेसबुकले आगामी डिसेम्बरबाट नयाँ स्टक टिकर एमभीआरएस मातहतमा आफ्नो सेयरको व्यापार गर्ने योजना रहेको बताएको छ ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...












