राष्ट्रिय क्रिकेट टोली आज मैदान नजाने, होटलमै आन्तरिक तयारी
काठमाडाैँ । चार खेलाडीलाई नेपाल क्रिकेट संघ(क्यान)ले अनुशासनको कारबाही गरेको भन्दै केही खेलाडीहरु सम्पर्कमै नआएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित बनेको छ।
क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो। जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।
तर शनिबार रातिसम्म कारबाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित केही खेलाडी सम्पर्कमा नपुगेपछि बन्द प्रशिक्षण प्रभावित हुने देखिएको थियो। ‘आज खेलाडीहरुको आन्तरिक तयारी होटलमै हुन्छ। प्रशिक्षणसँग अन्र्तक्रिया, फिजियो र योजना निर्माणका कामहरु हुन्छन्,’ क्यानका एक सदस्यले भने, ‘भोलि देखि मैदानमै गएर बन्द प्रशिक्षण हुनेछ।’
विश्वकप छनोटका लागि दुई महिना कमको समय बाँकी रहँदा नेपाली क्रिकेट टोलीको भने बन्द प्रशिक्षण नै सुरु हुन नसकेको हो। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै चार जना खेलाडीमाथि गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदमुक्त गरेको क्यानले उनीहरुसँगै बाँकी दुई जनालाई ६ केन्द्रीय महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूमाथि अनुशासनको कारबाही गरेको थियो।
आफूमाथि भएको कारबाहीको पुर्नविचार गर्न खेलाडीहरूले माग गर्दै आएका छन्। नेपाली टिम सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने भनाइ सार्वजनिक गरेका छन्।
यता खेलाडीहरुले आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्न मागसहित क्यानमा शनिबार नै इमेलमार्फत औपचारिक पत्र पठाएका छन्। शनिबार होटलमा उपस्थित नभएका चार खेलाडीहरूले आफूमाथिको कारबाही फिर्ता गरिपाऊँ भनी इमेलमार्फत पत्र पठाएको क्यानका एक सदस्यले जानकारी दिए। खेलाडीहरूले पठाएको पत्रबारे क्यानले तत्कालै केही निर्णय नगर्ने भएको छ। ’बोर्ड बैठकले गरेको निर्णय बैठकबाटै मिलाउनुपर्छ। तत्काल बोर्ड बैठक डाकिएको छैन। उक्त बैठक बसेपछि मात्रै खेलाडीहरुउपर छलफल हुन्छ,’ ती सदस्यले भने।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












