राष्ट्रिय क्रिकेट टोली आज मैदान नजाने, होटलमै आन्तरिक तयारी
काठमाडाैँ । चार खेलाडीलाई नेपाल क्रिकेट संघ(क्यान)ले अनुशासनको कारबाही गरेको भन्दै केही खेलाडीहरु सम्पर्कमै नआएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित बनेको छ।
क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो। जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।
तर शनिबार रातिसम्म कारबाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित केही खेलाडी सम्पर्कमा नपुगेपछि बन्द प्रशिक्षण प्रभावित हुने देखिएको थियो। ‘आज खेलाडीहरुको आन्तरिक तयारी होटलमै हुन्छ। प्रशिक्षणसँग अन्र्तक्रिया, फिजियो र योजना निर्माणका कामहरु हुन्छन्,’ क्यानका एक सदस्यले भने, ‘भोलि देखि मैदानमै गएर बन्द प्रशिक्षण हुनेछ।’
विश्वकप छनोटका लागि दुई महिना कमको समय बाँकी रहँदा नेपाली क्रिकेट टोलीको भने बन्द प्रशिक्षण नै सुरु हुन नसकेको हो। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै चार जना खेलाडीमाथि गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदमुक्त गरेको क्यानले उनीहरुसँगै बाँकी दुई जनालाई ६ केन्द्रीय महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूमाथि अनुशासनको कारबाही गरेको थियो।
आफूमाथि भएको कारबाहीको पुर्नविचार गर्न खेलाडीहरूले माग गर्दै आएका छन्। नेपाली टिम सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने भनाइ सार्वजनिक गरेका छन्।
यता खेलाडीहरुले आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्न मागसहित क्यानमा शनिबार नै इमेलमार्फत औपचारिक पत्र पठाएका छन्। शनिबार होटलमा उपस्थित नभएका चार खेलाडीहरूले आफूमाथिको कारबाही फिर्ता गरिपाऊँ भनी इमेलमार्फत पत्र पठाएको क्यानका एक सदस्यले जानकारी दिए। खेलाडीहरूले पठाएको पत्रबारे क्यानले तत्कालै केही निर्णय नगर्ने भएको छ। ’बोर्ड बैठकले गरेको निर्णय बैठकबाटै मिलाउनुपर्छ। तत्काल बोर्ड बैठक डाकिएको छैन। उक्त बैठक बसेपछि मात्रै खेलाडीहरुउपर छलफल हुन्छ,’ ती सदस्यले भने।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












