नेपाल र मरिससबिचको मैत्रिपुर्ण खेलले दुई देशको जनस्तरसम्म सम्वन्ध विस्तार गर्छः अवैतनिक वाणिज्य राजदुत कार्की
नेपालको पर्यटन पर्वद्धनको लागी मरिसससंगको मैत्री पुर्ण खेल कोसे ढुङ्गा सावित हुने छ
काठमाडाै । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेल घरेलु मैदानमा हुदैछ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण शनिबार खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।
आज एक कार्यक्रमकाबिच मरिससका अवैतनिक वाणिज्य राजदुत गणेश कार्की र मरिसस फुटबल टोलीका प्रमुख ओजायर जानुओ र खेल संयोजक अर्चद बुराहीबिच भेट भएको हो ।
उक्त कार्यक्रममा मरिससका फुटबल टोलीका प्रमुख ओजायर जानुओ र खेल संयोजक अर्चद बुराहीले अवैतनिक वाणिज्य राजदुत कार्कीलाई मायाको चिनो(मरिससको झण्डा र राष्ट्रिय टिमको जर्सि) प्रदान गरेका हुन ।
अवैतनिक महावाणिज्यदुत कार्कीले भनेः यो मैत्रिपुर्ण खेल ऐतिहासिक खेल हुने छ । नेपालको इतिहासमा अफ्रिकन मुलुकसंग घरेलु मैदानमा पहिलो पटक आयोजना हुन लागेको खेल हो ।
यसले नेपालको पर्यटन पर्वद्धनको लागी कोसे ढुङ्गा सावित हुनेछ । यसले नेपाल र मरिससको जनस्तरमा समेत सम्वन्ध विस्तार गर्नका लागी यो मैत्रीपुर्ण खेल महत्वपुर्ण छ ।
यो खेल नेपालका राष्ट्रिय मिडिया र मरिससका राष्ट्रिय मिडियामा लाईभ हेर्न सकिने भएकोले जनस्तरमा समेत दुई देशबिच समुधर सम्वन्ध विस्तार हुन्छ ।
यस खेलले अरु अफ्रिकी मुलुकसंगको मैत्रिपुर्ण खेलका लागीसमेत ढोका खुल्ला गर्छ ।
नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












