मछिन्द्रलाई लगातार दोस्रोपटक लिग उपाधि
काठमाडौं । दुईखेल अगावै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे उपाधि जितेकाे छ ।
बुधबार दशरथ रंगाशालामा भएकाे खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गाेलकाे नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेकाे हाे । गत सिजन पनि मछिन्द्रले नै उपाधि जितेकाे थियाे ।
मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नाेभ्रूजाेभले खेलकाे ५३औं मिनेटमा निर्णायक गाेल गरे । सुनिल बलकाे क्रसमा देवेन्द्र तामाङकाे हेडर सातदोबाटोका गाेलकिपरले राम्ररी क्लियर गर्न नसक्दा बल नुर्लानकाे खुट्टामा पुगेकाे थियाे । यार्ड बक्सनजिकै रहेका नुर्लानले सजिलै बललाई पाेष्टकाे दिशा दिलाए ।
जितसँगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जाेडेकाे छ । दाेस्राे स्थानकाे मनाङले बाँकी तीन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।
त्यसअघि, खेलकाे १९औं मिनेटमा वान भर्सेज वानकाे अवस्थामा विमल बक्सभित्रबाट गाेल गर्न असफल भएपछि मछिन्द्रले अग्रतालिने अवसर खेर फालेकाे थियो ।
मछिन्द्रका फरवार्ड नुर्लान नाेब्रुजाेभकाे क्रसमा बिमलले २४औं मिनेटमा हेडरमार्फत गरेको प्रहार सातदोबाटोका गाेलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे ।
सातदोबाटोका फरवार्ड सुशील राईकाे क्रसमा सुदिप गुरूङले २८औं मिनेटमा गरेकाे प्रहार फ्रेममा नपर्दा सातदोबाटो अग्रता लिनबाट चुक्याे ।
सातदोबाटोका कप्तान मान बहादुर तामाङकाे फ्रिकिकमा
अजयी मार्टिनस्ले हेडर मार्फत गरेको प्रहार मछिन्द्रका गाेलकिपर विशाल श्रेष्ठले पन्चआउट गर्दै उत्कृष्ट बचाउ गरे ।
मछिन्द्रका फरवार्ड अभिषेक रिजालले पनाल्टी एरियाकाे बायाँ तर्फबाट गरेकाे प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनले ६यार्ड बक्सबाट क्लियर गरिदिए ।
मछिन्द्रकाे उपाधियात्राः
पहिलाे चरणमा न्युरोड टिम (एनआरटी)विरूद्ध २-१ गाेलकाे नतिजामा जित निकालेकाे मछिन्द्रले त्यसपछिका कुनै खेलमा गाेल खाएकाे छैन । मछिन्द्रका गाेलकिपर विशाल जारी लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने किपर हुन् ।
दाेस्राे चरणमा त्रिभुवन आर्मी क्लबसँग गाेलरहित बरबरी खेलेकाे मछिन्द्रले तेस्राे चरणमा जावलाखेल युथ क्लबविरुद्ध २-० काे जित निकालेकाे थियाे । चाैथाे चरणामा हिमालयन सेर्पालाई ३-० काे नतिजामा हराएकाे थियाे । पाँचाैं चरणामा संकटासँग गाेलरहित बरबरी खेलेकाे मछिन्द्रले छैठाैं चरणमा मनाङ मर्स्याङदी क्लबमाथि सुनिल बलकाे गाेलमा १-० काे सानदार जित निकालेकाे थियाे ।
साताैं चरणमा नेपमल पुलिस क्लबलाई १-०काे नतिजामा हराउँदै तालिकाकाे शिर्ष स्थानमा रहेर एएफसी कप छनाेट चरणमा स्थान बनाएको थियाे ।
आठौं चरणमा फ्रेन्डसकाे आत्माघाती गाेल उपहारमा फ्रेन्ड्सविरूद्ध १-० काे जित निकाल्दा नवाैं चरणमा ब्रिगेड ब्वाईज क्लबलाइ स्तब्ध पार्दै ४-० काे नतिजामा जित निकालेकाे थियाे । र, दशाैं चरणमा च्यासल युथ क्लबलाई २-० काे नथिजामा हराउँदै तालिकामा ६अंककाे अग्रता लिंदै उपाधि यात्रा सहज बनाएकाे थियाे ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












