उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित
काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा आयोजक ओमानलाई ३९ रनले हराएको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीका कप्तान जीशन मक्सूदले टस जितेर बलिङ गर्ने निर्णय गरे । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो । ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा सबै विकेट गुमाएको थियाो ।
नेपालले सन्दीप लामिछानको कप्तानीमा आधिकारिक प्रतियोगितामा जितेको यो पहिलो खेल हो । त्यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले दोस्रो पटक नेपाल आएर आधिकारिक प्रतियोगितामा जितेको यो पहिलो खेल हो ।
नेपालका बलरले कसिलो बलिङ गरेपछि ११८ रनको लक्ष्य पछ्याएको ओमानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । ओमानका नसीम खुशीले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । खुशीले १८ बलमा एक चौका र दुइ छक्का प्रहार गरे ।
पावर प्लेमा ओमानले २५ रन जोड्दा तीन विकेट गुमाएको थियो । ओमानका कश्यप प्रजापतीले पहिलो ओभरको तेस्रो बलमा शून्यमै पवेलियन फर्किएका थिए । प्रजापतीलाई कमलसिंह ऐरीले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरेका हुन् । आयान खान दोस्रो ओभरको पाँचौँ बलमा तीन रन बनाएर आउट भए । उनलाई जितेन्द्र मुखियाले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे ।
छैटौँ ओभरको तेस्रो बलमा जतिन्दर सिंह ९ रन बनाएर आउट भए । जतिन्दर सिंहलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । ६.४ ओभरमा खवार खली सन्दीप लामिछानेको बलमा बोल्ड भए । ओमानका कप्तान मक्सूदलाई दीपेन्द्रसिंहले ७.५ ओभरमा कुशल भुर्तेलमार्फत क्याच गरे । लत्तगै अर्को ओभरमा अभिनाष बोहराले शोएब खानलाई विकेटकिपर आसिफमार्फत क्याच गरे ।
नेपालका कप्तान सन्दीपले २४ रन बनाएका खुशीलाई बोल्ड गरे । खुशी ओमानका लागि सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । कमलसिंहले १६.३ ओभमा कालीमुल्लाहलाई कुशलमार्फत क्याच गरे । कमलसिंहले १७औं ओभरको अन्तिम बलमा विलाल खानलाई बोल्ड गरे ।
कमलसिंहले तीन ओभरमा १५ रन दिएर तीन विकेट लिए । सन्दीप र दीपेन्द्रसिंहले समान दुई विकेट लिए । जितेन्द्र र अभिनाषले एक एक विकेट लिए ।
त्यसअघि खवार अलीले तीन तथा विलाल खानले दुई विकेट लिएपछि नेपालका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेपालका आरिफ शेखले ३७ बलमा दुई चौकासहित ३८ रन बनाए । सन्दीपले ७ बलमा एक चौका र एक छक्कसहित अविजित १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।
नेपालले पहिलो तीन ओभरमै दुई विकेट गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा ओपनर आसिफ शेख ४ रन बनाएर पवेलियन फर्किए । आसिफ विलाल खानको बलमा खवार अलीमार्फत क्याच भएका थिए । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रन बनाएर आउट भए । कुशल पनि विलाल खानकै बलमा अलीमार्फत क्याच भएका थिए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहले ऐरीले तेस्रो विकेटका लागि २१ रनको साझेदारी गरे । ६.५ ओभरमा टिमका सबैभन्दा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पनि १५ रन बनाए पवेलियन फर्किए । ज्ञानेन्द्र फायद बटको बलमा बोल्ड भएका थिए ।
लगत्तै दीपेन्द्रसिंह पनि ११ रन बनाएर आउट भए । ८.३ ओभरमा दीपेन्द्रसिंह जीशन मक्सूदको बलमा विकेटकिपर नासीम खुशीमार्फत क्याच भए । दीपेन्द्र आउट नेपाल ४०-४ को स्थितिमा थियो ।
त्यसपछि आरिफ शेख र लोकेश बमले पाँचौँ विकेटका लागि २७ रनको साझेदारी गरे । लोकेश बम १७ बलमा १६ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका विवेक यादवले पनि लामो इनिङ्स खेल्न सकेनन् । विवेक ७ रन बनाए पवेलियन फर्किए । लगत्तै कमलसिंह ऐरी पनि एक विकेट लिए ।
ओमानका अलीले तीन विकेट लिकेट लिँदा खानले दुई विकेट लिए । बट र मक्सूदले एक एक विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












