विश्वकपमा पुग्न नेपालले आज युएईलाई हराउनैपर्ने
काठमाडौं । आज हुने सेमिफाइनलमा यूएईलाई पराजित गरेमा नेपालले अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गर्ने छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुनेछ ।
ग्लोबल क्वालिफायर ‘ए’बाट फाइनल खेल्ने दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट फाइनल खेल्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको हो ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
समूहको अन्तिम खेल विजय हासिल गरेसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । यूएई सोमबारै समूहको अन्तिम खेलमा बहराइनसँग पराजित भए पनि रनरेटका आधरमा सेमिफाइनल पुग्न सफल भएको हो ।
समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले आजै सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो ।
८१ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशलले अविजित ३४ र दीपेन्द्रसिंहले अविजित २७ रन बनाए । दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ५८ रनको अविजित साझेदारी गरे । आसिफ शेखले १७ रन बनाए । कुशल मल्ल शून्यमा पवेलियन फर्किए ।
क्यानडाका कलीम सना र सलमान नजरले एक एक विकेट लिए ।
त्यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहराले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । क्यानडाका कप्तान नवनितले १८, रायन पठानले १४, सलमान नजरले १० र डिलन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो ६ ओभर सकिँदा नेपालले चार विकेट लिएको थियो । ‘पावर प्ले’ सकिँदा क्यानडा ३९(४ को स्थितिमा थियो । नेपालका कमलसिंहले दुई र अभिनाषले एक विकेट लिएका थिए ।
कमलसिंहले पहिलो ओभरको पाँचौँ बलमा म्याथ्यु स्पूर्स शून्यमा पवेलियन फर्काएका थिए । कमलसिंहले पाँचौँ ओभरको तेस्रो बलमा नवनितलाई लोकेश बमको हातबाट क्याच गरे ।
ओपनर रायन पठान छैटौँ ओभरको दोस्रो बलमा रन आउट भए । सोही ओभरको अन्तिम बलमा एक रन बनाएका रविन्दरपल सिंहलाई अभिनाषले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे । सातौँ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एक रन बनाएका हम्जा तारिकलाई बोल्ड गरे । लगत्तै साद विन जफर दुई रन बनाएर रन आउट भए ।
नवौँ ओभरको अन्तिम बलमा कलीम सानालाई सन्दीपले कुशल मल्लमार्फत क्याच गरे । दसौँ ओभरको पहिलो बलमा कुशलले हर्ष ठकरलाई एलबीडब्यू आउट गरे । ११औँ ओभरको पहिलो बलमा सन्दीपले जुनैद सिद्धिकीलाई विकेटकिपर आसिफमार्फत क्यच गरे ।
नेपालले आज फिलिपिन्सविरुद्धको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । गुल्शन झाको स्थानमो कमलसिंह ऐरी टिममा फर्किएका थिए ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












