सुशीले भने ‘अरे त्यो रात…’
वद्रीनारायण बस्नेत, (पूर्व प्रधानमन्त्री स्व.सुशील कोइराला सहपाटी) ।
मेरो भेट सुशील कोइरालासँग २०१७ साल पुसमा विराटनगरमा भएको हो । राजा महेन्द्रले ‘कू’ गरेर निर्वाचित सरकार अपदस्त गरी विपी कोइरलालाई जेल हालेपछि उनी आन्दोलको दौरान विराटनगर पुगेका थिए । तत्कालीन सरकार विरुद्धको आन्दोलन गर्न आएका उनलाई म लगायत विनोद अर्याल, राजेन्द्र गुप्ताले साथ दियौं ।
सधै जसो सुटबुट लगाएर बस्ने सुशीललाई ०१७ सालको सरकार भंग भएपछि बीपीले सुशीला भाउजूको हेरचाह र पार्टीको गतिविधिमा सक्रिय रहनु भनेपछि उनी सादगी भएर राजनीतिमा होमिए । सरल र निष्ठा उनको आदर्श हुन् ।
उनी विराटनगर आएपछि नेपाली कांग्रेसले राजालाई असहयोग गर्न भूमिगत गतिविधि सञ्चालन गर्ने निर्णय गर्यो । हामीले उनलाई साथ दियौं । कतिपय मान्छे उनको योगदानबारे बुझ्दै नबुझी कुरा गर्ने गर्छन् । उनी पार्टीका लागि कटिवद्ध र इमान्दार भएर काम गर्थे त्यसबेला हाम्रो काम भनेको विराटनगरको टेलिफोनको तार काट्ने, पार्टीको पर्चा पम्पलेट बाड्ने र राजालाई असहयोग पुग्ने खालका गतिविधि सञ्चालन गर्ने हुन्थ्यो । ‘हामी ‘टेररिष्ट’ मुभमेन्ट गर्दै थियौ । यही क्रममा २०१७ साल फागुनमा दुहवीको पुल जलाउने कार्यको नेतृत्व कोइरालाले गरेका थिए । विराटनगर आउजाउ गर्ने एकमात्र गाडी कुदने रोड थियो । विराटनगर इटहरी रोड । त्यसबेला सरकारी गाडी विराटनगर आउन नदिन कांग्रेसले दुहवी पुल जलाउने निर्णय ग¥यो । उक्त कार्य सुशीलको नेतृत्वमा विनोद र मैंले गरेको थियौं । ‘बेलुका सात बजे २ टीन मट्टितेल,सन्ठी र पराल गोरू गाडामा लोड गरेर लाग्यौ । बद्रीनारायण भन्छन् ‘‘पुल जलाउन अघि कताबाट जलाउने भन्दै एक पटक हेर्न खोलातर्फ झ¥यौ । खोला छेउमा आउदा बदेल चरे जस्तै आवाज आयो । मैले सुशील दालाई ब“देल चरे जस्तै आवाज आयो भने । कोइराला सर्तक भए । मस“ग सलाई थियो । बालेर हेर्दा पुलिस त्रिपाल टा“गेर सुतेका रहेछन् ।पुलिस देखेपछि सुशील दाले सलाई निभएर गो ब्याक’ गो ब्याक भन्दै मेरो पाखुरा समातेर तान्नु भयो ।’ दुहवीको बुढीखोलामा रहेको पुल जलाउने योजना असफल भएपछि हामी राति एक बजे विराटगर फर्कियौं ।
क्रान्तिकारी गतिविधि गर्दै गर्दा विराटनगरमा रहेको माल अड्डामा उनले बम हानेका थिए । सुरक्षा खतरापछि सुशील कोइराला बानरस तर्फ लागें । लामो समय हाम्रो भेट हुन पाएन । कोइराला अरू मानिससँँग नरिसाउने, सरल र सहयोगी स्वभावका थिए । पछिल्लो पटक उनी प्रधानमन्त्री भएका बेला विराटनगर आउनु भएको थियो । भेटघाट गर्दा मैले दुहवी घटना सम्झनु हुन्छ भनेर सोधेको थिए । उनले हल्का मुस्कुराउँदै भने‘अरे त्यो रात…’ दुहवी पुल जलाउदा घटना उनले सुनाए । मलाई निकै खुसी लाग्यो । आखिर जिन्दगी कति लामो छ ? एउटा ऐतिहासिक घडीमा ती योद्धासँग काम गर्न पाउदा गर्व महसुस हुन्छ । सुशीलको काम गर्ने हिम्मतलाई म सलाम गर्छु ।
२०३० सालमा ‘प्लेन हाइज्याक’ गरेपछि सुशीललाई हतियार किन्न पाकिस्तान पठाइयौ । प्लेन अपहरण गरेको पैसाले पाकिस्तानबाट हतियार ल्याउ“दा उनलाई वागा बोर्डरमा भारतीय प्रहारीले पक्राउ गर्यो । इन्डियन इन्टेलीजेन्स व्यूरोको सहयोगमा हतियार ल्याउदै गरेका शुशीललाई व्यूरोले नै समात्यो । उनलाई दुई बर्ष भन्दा बढी भारतको तिहाड जेलमा राखियो । ‘त्यतिबेला पाकिस्थानबाट पार्टीका लागि हतियार ल्याउन खोजेकोले पनि होला सायद भारतले उनी प्रधानमन्त्री हुँदा जति सहयोग गर्नुपर्ने गरेन्’ बस्नेत भन्छन् । तिहाड जेलमा उनीप्रति गरेको व्यवहारले गर्दा कोइराला पनि भारतसँग सधै असन्तुष्ट रहेको बस्नेतको बझाइछ । कोइराला पार्टीले दिएको जिम्मेवारी कुसलताकासाथ निर्वाह गर्ने इमान्दार थिए । कोइराला वितेको खबरले म निकै मर्माहक भए ।
(बस्नेतसँग न्युज-नेपालका बिराटनगर संवाददाता हरि अधिकारीले गरेको कुराकानीमा आधारिक)
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...













