मेसीका लागि बार्सिलोनाको ढोका सँधै खुला रहनेछ : जाभी
काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफु प्रशिक्षक रहुनजेल लियोनेल मेसीलाई सँधैं बार्सिलोनामा स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।
जाभीले आइतबार आयोजित एल क्लासिकोको प्रेस कन्फरेन्समा भने, ‘मेसीका लागि बार्सिलोनाको ढोका सँधै खुला रहन्छ यो उनले कमाएको हो।’
‘ म यहाँ प्रशिक्षक रहुनजेल उनी जहिले चाहे पनि आउन सक्छन् । ट्रेनिङ हेर्न होस् या प्रशिक्षकसँग कुरा गर्न । उनले हामीमाथि गरेको योगदान अमूल्य छ । उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्, उनले थपे ।
‘मेसी क्लबबाट ठूलो सम्मान पाउनका लागि योग्य छन् । तर, उनको अहिले पेरिस सेन्ट जर्मन (पीएसजी)सँग सम्झौता छ । मलाई लाग्छ उनले दुई वर्षका लागि सम्झौता गरेका हुन्,’जाभीले भने ।
मेसीले गतवर्ष नयाँ सम्झौता गर्न असफल भएपछि बार्सिलोना छोडेका थिए । उनी फ्रि–एजेन्टको रुपमा पीएसजीसँग आबद्ध भएका थिए ।
पीएसजीले लिग वान जित्ने पाक्कानै छ । तर, च्याम्पियन्सलिगमा भने अन्तीम १६ बाट नै बाहिरिसकेको छ । मेसीले चोटका कारण मोनाकोसँगको खेल गुमाउनेछन् । उनले पीएसजीका लागि खेलेका सबै खेलहरुबाट कुल सात गोल गरेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












