नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडीको चर्चा
काठमाडौ । नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरे पछि नियुक्ती प्रकृया सुरु भएको ।
टेलिकमको प्रवन्ध निर्देशकको लागि ९ जनाको निवेदन परेको छ । जसको प्रस्तुतीकरणको मिति पनि तोकिएको छ । मंगलवार २२ गते देखि छनौट भएका उम्मेदवारको प्रस्तुतीकरणको सूची सार्वजनिक भएको छ ।
नेपाल टेलिकमको नियुक्ती प्रकृयामा चित्त नबुझेपछि टेलिकमका पूर्व कर्मचारीहरु सुरेन्द्रमान सिंह र डा. राजेन्द्र कुमार पोखरेलले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । तर सो रिट खारेजसँगै यसअघि रोकिएको टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको हो । सो रिटमा यसअघि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चका न्यायाधिशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले बुधबार सुनुवाई गर्दै र रिट खारेज गरे पछि लामो समय देखि रोकिएको प्रवन्ध निर्देशकको नियुक्ती प्रकृया सुरु भएको हो । सिंहले गएको पुस २ गते र पोखरेलले पुस ८ गते प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा आफूहरुलाई बाहिर पार्ने गरी कार्यबिधि बनाईएको भन्दै विरोधमा मुद्दा दर्ता गरेका थिए।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिकामा संसोधन गर्दै नयाँ निर्देशिकाद्वारा प्रतिस्थापन गरेको थियो। विशेषगरी कार्यबिधिमा अमुक व्यक्तिलाई नियुक्ति गर्न टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि उमेर हद र अनुभवको बारेमा संसोधन गरिएको भन्दै तिब्र विरोध भएको थियो।
यसअघि टेलिकमको प्रबन्ध निर्देशकका लागि उमेर हद ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो। तर संसोधनपछि ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने बनाइएको छ।
त्यसैगरी अनुभव तर्फपनि संसोधन गरेर अवधि परिवर्तन गरिएको थियो।जसअनुसार दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृतस्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ। यसअघि यस्तो अवधि १५ वर्षको थियो।
सरकारले नियोजितरुपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्नकै लागि नयाँ मापदण्ड ल्याईएको आरोप लाग्दै आएको छ। सोही आरोपलाई पुष्टी गर्नेगरी उनले सो पदमा आवेदन समेत दिएका छन्।
विभिन्न विवादमा तानिएका व्यक्ति हुन् सुनिल पौडेल । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्त गरेका थिए ।
त्यहाँ नियुक्त गरेसँगै पौडेल सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रियामा विवादमा तानिएका थिए । विभिन्न सरकारी खरिदको परामर्शदातासमेत रहने गरेका पौडेलमाथि निश्चित व्यवसायीलाई मात्र स्पेसिफिकेसन मिल्ने गरी काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।
मेसिन रिडएवल पासपोर्ट (एमआरपी), इम्बोस्ड नम्बर प्लेट, नेसनल पेमेन्ट गेटवे, स्मार्ट लाइसेन्स, बैङ्क नोट, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर ग्रुपवेयर लगायतको खरिदका लागि सेटिङ मिलाउने मुख्य भूमिका सुनिल खेलेको आरोप छ ।
उनकै कार्यकालमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो मात्रामा रकम दूरुपयोग भएको र बेरुजु भएको देखाए को छ। पाैडेल लगानी बोर्डका कार्यकारी निर्देशक शुशिल भट्टका निकटका व्यक्ति मानिन्छन । पावर ब्रोकर दिपक भारतीसमेत पाैडेललाई प्रबन्ध निर्देशक बनाउन लागी परेका छन ।
नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा निवेदन दिएकाहरु मध्य एक जना महिलाको मात्र नाम परेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी चिफ कमर्शियल अफिसर (सीसीओ) समेत रहेकी संगीता पहाडी एक मात्र महिला उम्मेदवार हुन् । पहाडीले एशियन इन्सीच्युट अफ टेक्नोलोजी थाइल्याण्डवाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी हुन् ।
झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समय देखि नेपाल टेलिकममा तार रहित संजाल विज्ञका रुपमा कार्यरत छन् । ३० वर्षको सेवा अवधि मध्य २२ वर्ष मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लो समय केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा चिफ कमसिर्शय अफिसर ९सिसिओ० पदमा कार्यरत छन् ।
उनी नेपाल टेलिकमको आगामी कार्यकारी निर्देशक (म्यानेजिङ डाइरेक्टर) को प्रवल दावेदार पनि हुन् । अघिल्लो कार्यकालमा कार्यकारी निर्देशकको प्रतिस्पर्धामा वैकल्पिकमा नाम निकाल्न सफल पहाडीलाई आगामी कार्यकारी निर्देशकको रुपमा हेरिएको छ । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् । निकट भविष्यमै नेपाल दुर सञ्चार कम्पनीले एक महिलालाई कार्यकारी निर्देशक पाउने सम्भावना प्रवल देखिएको छ ।
प्राविधिक क्षेत्रमा गरेको अनुकरणीक कामको मूल्याङ्कन गर्दै थाइल्याण्डको एसियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एसोसिएसनले पहाडीलाई हालै एआइटीएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्डबाट सम्मान गरेको थियो।
एसियाको सबैभन्दा पुरानो क्षेत्रीय विश्वविद्यालय एसियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एसोसिएसनले पहाडीलाई सार्वजनिक क्षेत्रमा प्राप्त गरेको उदाहरणीय र अनुकरणीय सफलताको कदर गर्दै उनलाई अवार्ड प्रदान गरेको हो ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












