नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा टेलिकमबाहिरका पौडेल आए
काठमाडाैँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ टेलिकमबाहिरका पौडेललाई त्यहाँको प्रवन्ध निर्देशक नियुक्त गरेको हो।
टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सूचना तथा प्रसारण मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।
उता टेलिकम कर्मचारीहरु भने संस्थाभित्रैबाट प्रबन्ध निर्देशक नियुक्त गर्न दबाब दिँदै आन्दोलनमा थिए। अर्याल नेतृत्वको समितिले पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरे पनि पौडेलले उनीहरुलाई उछिनेका हुन्।
प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल पुसमा समाप्त भएसँगै तीन महिनादेखि टेलिकमको सर्वोच्च पद खालि थियो।
सरकारले नियोजितरुपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्नकै लागि नयाँ मापदण्ड ल्याईएको आरोप लाग्दै आएको थियो। सोही आरोपलाई पुष्टी गर्नेगरी उनले सो पदमा आवेदन समेत दिएका छन्।
विभिन्न विवादमा तानिएका व्यक्ति हुन् सुनिल पौडेल । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्त गरेका थिए ।
त्यहाँ नियुक्त गरेसँगै पौडेल सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रियामा विवादमा तानिएका थिए । विभिन्न सरकारी खरिदको परामर्शदातासमेत रहने गरेका पौडेलमाथि निश्चित व्यवसायीलाई मात्र स्पेसिफिकेसन मिल्ने गरी काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।
मेसिन रिडएवल पासपोर्ट (एमआरपी), इम्बोस्ड नम्बर प्लेट, नेसनल पेमेन्ट गेटवे, स्मार्ट लाइसेन्स, बैङ्क नोट, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर ग्रुपवेयर लगायतको खरिदका लागि सेटिङ मिलाउने मुख्य भूमिका सुनिल खेलेको आरोप छ ।
उनकै कार्यकालमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो मात्रामा रकम दूरुपयोग भएको र बेरुजु भएको देखाए को छ। पाैडेल लगानी बोर्डका कार्यकारी निर्देशक शुशिल भट्टका निकटका व्यक्ति मानिन्छन । पावर ब्रोकर दिपक भारतीसमेत पाैडेललाई प्रबन्ध निर्देशक बनाउन लागी परेका छन ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...












