स्थानीय निर्वाचन : ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल
ललितपुर । ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।
ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ ।
महाँकाल गाउँपालिका कार्यालय गोटिखेलस्थित वडा नम्बर ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा भने चौघरेस्थित पहिले भएको पुरानो गाउँपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।
मतगणना स्थल
जिल्ला निर्वाचन कार्यालयले ललितपुरका सबै पालिकामा हुने मत गणनास्थलसमेत तय गरेको छ ।
ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुनेछ । गोदावरीको कुस्ले चौरस्थित वडा नम्बर ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुनेछ ।
बागमती गाउँपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाउँपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाउँपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











