अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह
काठमाडाैं । बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिताबारे छलफलमा स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनसमेत गर्ने भएको छ ।
अहिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै उनीहरुले अनुगमनमा देखिएका विषयलाई मानवअधिकार आयोगको कार्यालयमा हेल्प डेस्कमार्फत सूचना प्रवाह गर्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका नेपालगञ्जका प्रमुख झङ्कर रावलले हेल्पडेस्क स्थापना गरी निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिको अनुगमन गरी सरोकार भएकाको ध्यानाकर्षण गराइने जानकारी दिए ।
मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनीतिक दल, मिडिया, उम्मेदवारलगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताए । संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतिकरण गरेका थिए । छलफलमा नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, नियोकका प्रदेश संयोजक सुरेश गौतमलगायतले निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढी भइरहेकाले त्यसलाई न्यूनीकरणमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












