एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा
काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् ।
प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट कांग्रेसलाई एमालेलाई रोकेको हो ।
११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि कांग्रेसलाई बराबरीमा एमालेले रोक्न सकेको हो । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति छन् । अन्य प्रभावशाली नेताहरू पनि थुप्रै छन् ।
पौडेल गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल तथा अनुगमन गर्न गठित संयन्त्रका संयोजक हुन् । गुरुङ पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ संयोजक हुन् । दुवै नेताले निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पाए ।
तर, यी महत्वपूर्ण नेता पनि रहेका गण्डकीमा कांग्रेससँग एमाले बराबरी हैसियतमा आएको हो ।
निर्वाचन आयोगले जनाएअनुसार कांग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा सर्वाधिक ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेवदारहरू निर्वाचित भएका हुन् ।
एमालेले सर्वाधिक मनाङको २, लम्जुङको ४, कास्कीको २, तनहुँको ४,स्याङ्जाको ६, नवलपरासी बर्दघाटको ६, मुस्ताङको ४, म्याग्दीको ४, बाग्लुङको १ र पर्वतको २ स्थानीय तह एमालेले जितेको हो ।
माओवादीले भने गोरखामा ९, तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने कास्कीको पोखरा महानगरपालिकामा जित्ने देखिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) भने यो प्रदेशमा शून्य भएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...












