सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् ।
कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको छ । जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६०७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए र पराजित हुन पुगे । निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् ।
उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे । उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९०१ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार ११९ मतमात्र प्राप्त गरिन् ।
यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक÷एक जना विजयी भएका छन् ।
योसँगै जिल्लामा नेपाली कांग्रेसले १२ पालिकामा विजयी भएको छ । माओवादी केन्द्र ४ पालिकामा र जनता समाजवादी दुई पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एक/एक पालिकामा विजयी भएका हुन् ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












