नेकपा एसका मन्त्रीहरुले पद जोगाउन प्रम देउवालाई भनेः निर्वाचन घोषणा गराैं
काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले निर्वाचनको घोषणा गरेर आफ्नो पद सुरक्षित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
सचिवालय बैठकबाट नेकपा एसले मन्त्री फिर्ता बोलाउने र नयाँलाई अवसर दिने भन्दै नामावली बुझाएपछि आफ्नो पद जोगाउन मन्त्रीहरु निर्वाचनको घोषणा गरिदिन आग्रह गर्ने स्थानमा पुगेका हुन् ।
‘अहिले बजेटका कारण रोकिएको छ । अब प्रधानमन्त्रीको अमेरिका भ्रमण लगत्तै निर्वाचन घोषणा गरिदिए मन्त्री हेरफेर गर्न पाइदैन् । त्यसपछि पद सुरक्षित बन्ने र काम गर्न सहज हुन्छ भन्ने हिसाबले प्रधानमन्त्री कहाँ यस्तो प्रस्ताव आएको छ’, बालुवाटार स्रोतले भन्यो ।
मन्त्री हेरफेर गर्ने विषयले सरकार नै अल्पमतमा पर्ने र गठबन्धनको भविष्य नै संकटमा पर्ने भन्दै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माध नेपाललाई अहिलेलाई मन्त्री हेरफेर नगर्न मनाएका थिए । तर, उनको पार्टीमा यहि विषयका कारण विवाद चर्किदै गएको छ । सोहि पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय नै सर्वोपरि हुने भएकाले मन्त्री परिवर्तन अनिवार्य भएको दाबी गर्दै आएका छन् ।
पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो सुझाव दिएको स्रोतको दाबी छ । भने, माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादीकै मन्त्रीहरु पनि सोहि अनुसार गर्नुपर्नेमा जोड दिन थालेका छन् । अहिले गठबन्धन पार्टीमा मन्त्री हेरफेरका लागि चर्को दबाब पर्न थालेको जनाइन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











