नेकपा एसका मन्त्रीहरुले पद जोगाउन प्रम देउवालाई भनेः निर्वाचन घोषणा गराैं
काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले निर्वाचनको घोषणा गरेर आफ्नो पद सुरक्षित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
सचिवालय बैठकबाट नेकपा एसले मन्त्री फिर्ता बोलाउने र नयाँलाई अवसर दिने भन्दै नामावली बुझाएपछि आफ्नो पद जोगाउन मन्त्रीहरु निर्वाचनको घोषणा गरिदिन आग्रह गर्ने स्थानमा पुगेका हुन् ।
‘अहिले बजेटका कारण रोकिएको छ । अब प्रधानमन्त्रीको अमेरिका भ्रमण लगत्तै निर्वाचन घोषणा गरिदिए मन्त्री हेरफेर गर्न पाइदैन् । त्यसपछि पद सुरक्षित बन्ने र काम गर्न सहज हुन्छ भन्ने हिसाबले प्रधानमन्त्री कहाँ यस्तो प्रस्ताव आएको छ’, बालुवाटार स्रोतले भन्यो ।
मन्त्री हेरफेर गर्ने विषयले सरकार नै अल्पमतमा पर्ने र गठबन्धनको भविष्य नै संकटमा पर्ने भन्दै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माध नेपाललाई अहिलेलाई मन्त्री हेरफेर नगर्न मनाएका थिए । तर, उनको पार्टीमा यहि विषयका कारण विवाद चर्किदै गएको छ । सोहि पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय नै सर्वोपरि हुने भएकाले मन्त्री परिवर्तन अनिवार्य भएको दाबी गर्दै आएका छन् ।
पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो सुझाव दिएको स्रोतको दाबी छ । भने, माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादीकै मन्त्रीहरु पनि सोहि अनुसार गर्नुपर्नेमा जोड दिन थालेका छन् । अहिले गठबन्धन पार्टीमा मन्त्री हेरफेरका लागि चर्को दबाब पर्न थालेको जनाइन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












