क्याट्रीक ग्यारिजनमा सांस्कृतिक धमाका
बेलायत । नेपाली गायक गायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुती गरेका छन ।
सुनगाभा इन्टरटेन्डमेन्टको प्रस्तुतीमा ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीको सहभागीतामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुती दिएका हुन् । ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई सांस्कृतिक धमाका स्वागत गरे ।
‘नेपाली गीतसंगितको प्रर्वदन सहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’ लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्ब, बिबेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए ।
नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा“ हल पुरै गुञ्जिएको थियो ।
सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर सांस्कृतिक धमाकामा कम्मर मर्काई मर्काई नाचे । शेर्पा, राई , गुरुङ, लिम्बु, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए । ‘बिदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन भनेर यस कार्यक्रममा देख्न पाए’ कार्यक्रममा सहभागी तारा राईले खुसी हु“दै सुनाईन ‘जहा“ पुगे पनि आफ्नो जन्मभूमि र त्यहा“का दाजुभाई प्रति प्रगाढ प्रेम छ ।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












