नेपालमा मनाइयो दलाई लामाको ८७ औं जन्मजयन्ती, इयुदेखि अमेरिकी कुटनितिज्ञको सहभागीताले तरंग
काठमाडाैं । तिब्बतबाट नेपाल आई बसोबास गर्दै आएका शरणार्थीहरुले बुधबार आफ्ना धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन मनाएका छन् ।
तिब्बतबाट निर्वासित धर्मगुरु लामा आज ८७ वर्षका भएका छन् । उनी १४ औं दलाई लामा हुन् । जाउलाखेल ट्रुङकर अर्गनाजिङ कमिटीद्वारा आयोजित दलाई लामाको ८७ औं जन्मजयन्तीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।
जन्मजयन्ती समारोहमा नेपाली गीतमा समेत नृत्य प्रदर्शन गरिएको थियो । नेपालमा चलेका चर्चित गीतहरु ‘डाँडा घरे साइली’ ‘सोइ ढोले सोइ, अर्क ढोले खोई’, कति राम्रो कलम फूल’ लगायत गीतहरु घन्किएका थिए । भने, प्राय तिब्बती भाषाकै गीतहरुमा कला प्रदर्शन गरिएको थियो ।
तिब्बती शरणार्थीहरूले विश्व शान्तिको कामना गर्दै लामाको जन्मजयन्ती मनाए। उनीहरुले लामाको तस्बिरको पूजा गरेका थिए ।
कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका राजदूत म्यानुएल पी. माइकलर, युनियनकी राजदूत नोना डेप्रेज र जापानी दूतावासकी योसिनो योमिको र फ्रान्सेलीका कूटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।
कोभिड–१९ को महामारीका कारण गुम्बामा मात्रै जन्मदिन मनाउँदै आएका तिब्बती शरणार्थीले यस वर्ष जावलाखेलको खुला मैदानमा झण्डै दुई हजार जनाको उपस्थितिमा भव्य कार्यक्रम आयोजना गरेका हुन् ।
विश्वभर रहेका तिब्बतीहरूले जुलाई ६ मा दलाई लामाको जन्मदिन मनाउँदै आएका छन् ।
यद्यपी नेपालले एक चीन नीतिको वकात गर्दै आएकाले र त्यसमा प्रतिबद्ध रहेको जनाइरहँदा नेपालस्थित विदेशी कुटीतिज्ञ दलाई लामाको जन्मजयन्तीमा जानुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
यस्तै, युरोपेली युनियन, अमेरिका, जापान, फ्रान्स लगायतका देशहरु चीनविरुद्धको गतिविधिमा संक्रिय रहेको र त्यसका लागि नेपाली भूमि प्रयोग गर्दै आएको चिनियाँ पक्षको आरोपलाई समेत यस्ता विषयले थप मलजल गर्ने भन्दै विशुद्ध जन्मजयन्ती मनाएनि शरणार्थीको मनोबलमा मात्रै नभएर वीन विरोधी कार्यक्रममा विदेशी कुटनीतिज्ञको उपस्थितिलाई अनाैठो मान्न सकिने एक परराष्ा्र विद्ले जनाए ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












